स्थानीय कृषकहरुलाई बिउ उत्पादन सम्बन्धि जानकारी

घण्टेश्वर अनलाईन, गैरा
जोरायल गाउँपालिका वडा नं १ का अगुवा कृषकहरुलाई हालै मकैमा अमेरिकन फौजीकिरा व्यवस्थापन तथा बिउ उत्पादन सम्बन्धि जानकारी दिईएको छ ।
स्थानीय बिउमा सुधार ल्याउने र मकैमा अमेरिकन फौजीकिरा व्यवस्थापन गर्नमा कृषकहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले कृषकहरुलाई बिउ उत्पादन सम्बन्धि जानकारी दिईएको हो ।
जैविक विविधता सँरक्षण कृषि सहकारी सँस्था लिमिटेड गैराको आयोजनामा भएको ऊक्त कार्यत्रममा लि–वर्ड का कृषि बिउ उद्यम अधिकृत बिनोद आचार्य तथा जोरायल गाउँपालिका कृषि शाखाका प्राबिधिक चन्द्रबहादुर सार्कीले मकैमा अमेरिकन फौजीकिरा व्यवस्थापन तथा बिउ प्रणाली सुधार सम्बन्धि बिबिध बिषयमा जानकारी दिनु भएको थियो । उक्त अवसरमा कृषकहरुलाई रोग किरा नियन्त्रण सम्बन्धि सामग्रीहरु समेत बितरण गरिएको थियो ।
उक्त सहकारी सँस्थाका अध्यक्ष कबिराम डाँगीको अध्यक्षता तथा लि–वर्ड का कृषि बिउ उद्यम अधिकृत बिनोद आचार्य प्रमुख अतिथी रहनु भएको थियो ।
जोरायल गाउँपालिका वडा नं. १ गैरा स्थित जैविक विविधता सँरक्षण कृषि सहकारी सँस्था लिमिटेड गैराले विगत लामो समय देखि परम्परागत बिउविजनको सँरक्षण, बिउ प्रणालीमा सुधार तथा कृषकहरुको क्षमता बिकास सम्बन्धि कृषकहरुलाई सहयोग गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.