
घण्टेश्वर अनलाईन
गडसेरा, डोटी
डोटीको दक्षिणी क्षेत्रमा पर्ने डोटीको गडसेरा चिनाउने डेउडा गीत बजारमा आएको छ । कलाकार हर्क कठायत र रितु थापाको स्वरमा रहेको डेउडा गीत “गडसेरा हो सुन्दरभुमी” को म्युजिक भिडियो निरन्तर मिडिया प्रा.लिले आफ्नो युट्युब मार्फत सार्बजनिक गरेको हो ।
डेउडा गीत “गडसेरा हो सुन्दरभुमी” मा शब्द, संगीत तथा लय कलाकार हर्क कठायत, संगीत संयोजक किशोर भण्डारी तथा छायांकन कृष्णा सिराडीले गर्नु भएको हो ।
डेउडा गीत “गडसेरा हो सुन्दरभुमी” मा कलाकार हर्क कठायतले तेले लेक ठन्न पानी, फेसबुक र टिकटकले बिगडिगई हाम्री बानी भन्दै गडसेराको धार्मिक, ऐतिहासिक स्थलको बर्णन गर्नुका साथै गडसेराका समस्याहरु तथा बिकासका बारेमा प्रस्तुत गरेका छन ।
पछिल्लो समय माया प्रेमका गीत भन्दापनि समुदायमा समस्याहरु, बिकासका कुराहरु, स्थान परिचय जस्ता बिषयमा गीत तथा म्युजिक भिडियो निर्माण हुन थालेका छन ।
गीत सुन्न यहाँ क्लिक गर्नु होस