सिलगढीका युवाहरुले शुरु गरेको “सफा सिलगढी अभियान” प्रभावकारी बन्दै

All time tax

घण्टेश्वर अनलाईन
सिलगढी, डोटी
डोटी सिलगढीका युवाहरुले शुरु गरेको सफा सिलगढी अभियान प्रभावकारी बन्दै गएको छ । सिलगढीका युवाहरुले हरेक साताको शनिबार सिलगढीका मठ मन्दिर, सार्बजनिक बाटो, धारा तथा सार्बजनिक स्थानहरु सरसफाई गर्ने गर्दछन । शुरुमा केही युवाहरुले शुरु गरेको उक्त अभियान नवौं हप्तासम्म आई पुग्दा जनसहभागिता बढ्दै गएको छ ।
हामीले बिदाको दिन साथीभाईहरु एकै स्थानमा भेटघाट् गर्ने थलोको रुपमा बिकास गर्न अभियान थालेका हौं । तर अहिले अभियान बिस्तार हुँदै जाँदा स्थानीय नागरिक समाज, जनप्रतिनिधिहरु, पत्रकार, प्रहरी, खेलाडी, बिद्यालयहरुले पनि हाम्रो अभियानमा समर्थन गर्दै सहभागिता जनाईरहेका छन, अभियानका नेतृत्वकर्ता हेम मल्लले बताए ।
सिलगढीको शैलेश्वरी टोलबाट शुरु भएको सफा सिलगढी अभियानको प्रभाव क्रमस नगरपालिकाका ९ वटै वडामा पर्न थालेको छ । सिलगढीका युवाहरुले सन्चालन गरेको सफा सिलगढी अभियानलाई स्थानीयहरुले पनि रुचाएका छन । हाम्रो उद्देश्यपनि सरसफाई अभियान नगरपालिकाका सबै वडामा बिस्तार गर्ने हो, मल्लले भने ।
आफ्नो ठाउँ आफै बनाउने हो । हामीले अभियान सन्चालन गर्नको लागि कसैबाट पनि सहयोग मागेका छैनौं । आफ्नो घर आँगन सरसफाई गर्न पनि नगरपालिकालाई पर्खिनु हुन्न भन्ने सन्देश दिने अभियानको उद्देश्य रहेको अभियानका सदस्य राजु नेपाली बताउँछन ।
नगरपालिकाले पनि सिलगढीका युवाहरुले सन्चालन गरेको सफा सिलगढी अभियानलाई समर्थन गर्ने हो भने अभियान सबै वडामा बिस्तार गर्न सहयोग पुग्ने युवाहरु बताउँछन ।

Leave A Reply

Your email address will not be published.