घण्टेश्वर अनलाईन
सिलगढी, डोटी
आगामी चैत्र ५ गते सम्पन्न हुने डोटी बहुमुखी क्याम्पस, स्वतन्त्र बिद्यार्थी यूनियनको निर्बाचनको लागि डोटीका बिभिन्न बिद्यार्थी संगठनद्वारा उम्मेदवारी दर्ता गराएका छन । डोटीका रहेका मुख्य बिद्यार्थी संगठन अनेरास्ववियू, नेपाल बिद्यार्थी संघ र अखिल(क्रान्तिकारी) ले प्रत्यक्ष र समानुपातिकमा छुट्टा छुट्टै उम्मेदवारी दर्ता गराएको स्वबियू निर्बाचन समितिका सदस्य सचिब मदनराज ओझाले बताउनु भयो ।
स्वबियू निर्बाचन समितिको कार्यालयद्वारा प्रकाशित सूचना अनुसार स्वबियू निर्बाचनको लागि अनेरास्ववियूबाट प्रत्यक्ष तर्फ अध्यक्ष पदमा सुरेश रोकाया, सचिबमा मोहन ऐर र कोषाध्यक्षमा ईश्वरी मलासी तथा सदस्यहरुमा क्रमस दिनेश ऐर, दिपा धामी, प्रियंका श्रेष्ठ, मोहन भू र खडक बिष्टले उम्मेदवारी दर्ता गराएका छन ।
यसैगरि नेपाल बिद्यार्थी संघको तर्फबाट अध्यक्ष पदमा ईन्द्र राणा, सचिबमा साजन रावल, कोषाध्यक्षमा दिपा बिष्टले उम्मेदवारी दर्ता गराएका छन भने प्रत्यक्ष तर्फकै सदस्यहरुमा क्रमस ः रबिन्द्र भण्डारी, हरिष साउँद, उषा धामी धर्मसिं बम र पुस्कर बोहराले उम्मेदवारी दिएका छन ।
यस्तै अखिल(क्रान्तिकारी) र अखिल (समाजवादी)ले संयुक्त प्यानल खडा गरि उम्मेदवारी दर्ता गराएका छन । संयुक्त प्यानलबाट उम्मेदवारी दर्ता गराउनेहरुमा अध्यक्ष पदमा अखिल (क्रान्तिकारी) को तर्फबाट अजित सिंह, सचिबमा अखिल (समाजवादी) को तर्फबाट हरिष बोगटी र कोषाध्यक्षमा अखिल (क्रान्तिकारी) को तर्फबाट रुक्मिणी बिष्ट रहेका छन । यस्तै प्रत्यक्ष तर्फका सदस्यहरुमा क्रमस सुन्तली नाथ योगी, कौशल साउँद, दिपा बिक, रेखा गाहा मगर र अखिल (समाजवादी) का लोकेन्द्रबहादुर थापाले उम्मेदवारी दर्ता गराएको निर्बाचन समितिको कार्यालयले जनाएको छ ।
यस पटकको स्ववियु निर्वाचनमा उम्मेदवार बन्न २८ वर्ष नपुगेको उमेरको हद तोकिएको छ । स्ववियु अध्यक्ष, सचिव, कोषाध्यक्ष र केही सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् भने उपाध्यक्ष, सहसचिव र केही सदस्य समानुपातिक निर्वाचन प्रणालीअनुसार निर्वाचित हुनेछन् । क्याम्पसमा रहेका विद्यार्थी मतदाताको संख्याका आधारमा स्ववियुको कार्यसमितिको संख्या कायम हुने व्यवस्था गरिएको छ । निर्वाचनका लागि त्रिविले आचारसंहितासमेत जारी गरेको छ । क्याम्पस हाताभित्र भित्ते लेखन, माइक प्रयोग, तुल फ्लेक्स तथा पोस्टर टाँस्न निषेध गरिएको आचारसंहितामा उल्लेख छ । घोषणापत्र र उम्मेदवारको नामवली पर्चा भने एकै रङ र साइजको कागजमा प्रचारप्रसार गर्न पाइने व्यवस्था गरिएको छ । यस पटक निर्वाचनको पर्यवेक्षण गर्ने व्यवस्थासमेत मिलाइएको छ ।
