
घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
नेपाली भाषा पाठशाला टेक्सासले नेपाली बारहरुमा आधारित बाल गीत उत्पादन गरि युट्युव मार्फत सार्बजनिक गरेको छ । उक्त बाल गीत नेपाली भाषा पाठशालाका शिक्षक छविलाल हुँमागाईले निर्माण गर्नु भएको हो । उक्त बाल गीतमा स्वर हार्दिक घिमिरे र बिकास चौधरीको म्युजिक रहेको छ । नेपाली समाज टेक्ससद्धारा सन्चालित नेपाली पाठशालाले उत्पादन गरेको उक्त बाल गीत अमेरिकामा जन्मेका र यतै हुर्केका बालबालिकाहरुलाई नेपाली बारहरुको बारेमा जानकारी लिन सहयोगी हुने नेपाली समाजका अध्यक्ष राजेन्द्र वाग्लेले बताउनु भयो ।
पछिल्लो समय नेपाली भाषा पाठशाला नेपाली भाषा सिक्ने प्रभावकारी माध्यम बन्दै गईरहेको छ । छोटो अबधिमा आधारभूत विषयको ज्ञान दिईने भएकाले नेपाली पाठशाला प्रति आकर्षण समेत बढ्दै गएको पाईएको छ । पाठशालामा शिक्षकहरुद्धारा ब्यवहारिक अभ्यास मार्फत सिकाउने भएकाले वाल वालिकाहरुले विषयबस्तुहरु छिटो सिक्ने गरेको छन ।