नेपाली नयाँ बर्षको अवसरमा टेक्सासमा बनभोज कार्यक्रम आयोजना गरिने

All time tax

घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
नेपाली नयाँ बर्ष २०७९ को अवसरमा टेक्सासमा बनभोज कार्यक्रम तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिने भएको छ ।
नेपाली समाज टेक्सासले नेपाली बर्ष २०७९ को अवसरमा आगामी बैशाख ३ गते ( अप्रिल १६ ) गते शुभकामना कार्यक्रम तथान बनभोज कार्यक्रम आयोजना गर्न लागेको समाजका अध्यक्ष राजेन्द्र वाग्लेले जानकारी दिनु भयो ।
हरेक बर्ष नयाँ बर्षलाई बिभिन्न कार्यक्रमको आयोजना गरि स्वागत गर्ने नेपाली परम्परा रहेको छ । टेक्सासका बिभिन्न स्थानमा रहेका नेपालीहरु एकै स्थानमा जम्मा भई शुभकामना आदान प्रदान गर्ने, भातृत्वको भावना बिकास गर्ने उद्देश्यले बनभोज कार्यक्रम आयोजना गरिएको नेपाली समाज टेक्सासले जनाएको छ । समाजले टेक्सासमा रहेका सबै नेपाली समुदायलाई कार्यक्रममा सहभागिताको लागि आमन्त्रण गरेको छ । बनभोज कार्यक्रम  LOYD PARK 3401 Ragland  Road Grandprairie मा दिउसो १२ बजे देखि बेलुकी ६ बजे सम्म सन्चालन हुने बताईएको छ । नेपाली चाड पर्बको दिनमा सार्बजनिक बिदा नहुने भएकाले टेक्सासमा रहेका नेपालीहरुले चाडपर्बको केही दिन अघि वा पछि शनीबार तथा आईतबार पारेर चाडपर्ब मनाउने गरेका छन  ।
नेपाली समाज टेक्सासले नेपाली चाड पर्बहरुलाई बिशेष महत्वका साथ बिभिन्न रचनात्मक कार्यक्रमको आयोजना गरि मनाउदै आएको छ । यस बर्षका्े होली पर्बको अवसरमा नेपाली समाज टेक्सासले भलिवल प्रतियोगिता तथा ग्रेपभाईन पार्कमा होली कार्यक्रमको आयोजना गरेको थियो ।

Leave A Reply

Your email address will not be published.