राम नवमीको दिन अस्टिनमा पशुपति नाथ मन्दिरको शिलन्यास गरिने

All time tax

अशोक शाही
अस्टिन, टेक्सास
टेक्सास राज्यको अस्टिनमा निर्माण गर्न लागिएको पशुपतिनाथ मन्दिरको चैत्र महिनाको २७ गते ( अप्रिल १० ) का दिन शिलन्यास हुने भएको छ । शिलन्यास कार्यक्रमको तयारी तिब्र रुपमा भईरहेको ग्रेटर अस्टिन नेपाली समाजले जनाएको छ ।
कुल २ लाख डलर लागत अनुमान रहेको उक्त मन्दिरको आगामी चैत्र २७ गते राम नवमीका दिन शिलन्यास गर्ने कार्यक्रम रहेको ग्रेटर अस्टिन नेपाली समाजका पूर्व अध्यक्ष देवराज न्यौपाने जानकारी दिनु भयो । न्यौपानेका अनुसार कार्यक्रममा टेक्सस हाउस अफ रेप्रिजेन्टेटिभ टेरी मेजा, हटो, गैर आवासिय नेपाली सँघ टेक्सास च्याप्टरका अध्यक्ष सोफिन थापा र छिमेकी नगरका मेयरहरु, डालस, ह्युस्टन, सान आन्टोनियो लगायतका ठाऊँहरुबाट नेपाली समुदायको उल्लेख्य सहभागिता रहने छ ।
अप्रिल १० गते बिहान ८ बजे बिशेष पूजाआजा तथा दिउसो २ बजे औपचारिक कार्यक्रमको आयोजना गरिने ग्रेटर अस्टिन नेपाली समाजले जानकारी दिएको छ । सोहि दिन ग्रेटर अस्टिन नेपाली सामुदायिक तथा अध्यात्मिक केन्द्रको पनि उद्घाटन गरिने छ । 1251 Co  RD 138 Hutto अस्टिनत्क Texas 78634 स्थानमा हुने कार्यक्रममा सहभागिताको लागि सबै नेपालीहरुमा निमन्त्रणा समेत गरिएको समाजले जनाएको छ ।
टेक्सासको राजधानी अस्टिनमा नेपालीहरुको उल्लेख्य बसोबास रहेको छ । नेपालीहरुमा एकता तथा भाइचाराको सम्बन्ध बिकास गर्ने उद्देश्यले सन २०१३ मा ग्रेटर अस्टिन नेपाली समाजको स्थापना गरिएको थियो । केन्द्रको हाल आफ्नै नाममा जग्गा तथा भवन रहेको छ । उक्त जमिनमा क्रमस पशुपति नाथको मन्दिर, बुद्ध मन्दिर, सभाकक्ष, बगैचा निर्माण गर्ने लक्ष रहेको ग्रेटर अस्टिन नेपाली समाजका अध्यक्ष भोजराज भट्टले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.