टेक्सासको अस्टिनमा पशुपतिनाथ मन्दिरको शिलन्यास

अशोक शाही
अस्टिन, टेक्सास
नेपाली समुदायको उल्लेख्य बसोवास रहेको टेक्सास राज्यको अस्टिनमा पशुपति नाथको मन्दिरको चैते दशैं (राम नवमी) को दिन बिशेष कार्यक्रमका बिचमा शिलन्यास गरिएको छ । शिलन्यास कार्यक्रममा पंचकन्यालाई अघि लगाएर बाजागाजा, शंख घण्ट बजाउदै मंगल धुनी बाचन गर्दै धार्मिक जुलुसले शिलन्यास स्थानको परिक्रमा गरिएको थियो ।
ग्रेटर अस्टिन नेपाली समाजका पुर्व अध्यक्ष गेहेन्द्र केसी, पुर्व अध्यक्ष देवराज न्यौपाने, अध्यक्ष भोजराज भट्ट, अग्रज समाजसेवी डा. कमल अधिकारी र ग्यान्सका महासचिब बिदुर खतिवडाबाट पाँच वटा ईटामा पुजा गरेर त्यसमा सिमेन्टी राखी धार्मिक बिधिसम्मत तरिकाबाट शिलन्यास गरिएको थियो ।

सोही कार्यक्रममा समाजद्धारा स्थापना गरिएको ग्रेटर अस्टिन नेपाली सामुदायिक तथा अध्यात्मिक केन्द्रको पनि उद्घाटन गरिएको छ । अस्टिनबासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरुले धार्मिक कार्यक्रम तथा अन्य कार्यक्रमको लागि केन्द्रको सभाकक्ष प्रयोग गर्न सक्ने समाजले जनाएको छ ।
कार्यक्रममा टेक्सास हाउस अफ रिप्रजेन्टेटिभका सदस्य टेरी मेजा, सिटि अफ हट्टोका मेयर माईक सनाइडर, सिटि अफ फुलगरर्भिलका मेयर भिक्टर गोन्जालेस, सिडरपार्क सिटि काउन्सिल मेम्बर जिम, गैरआवासिय नेपाली सँघ अमेरिका राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष सुमन थापा, टेक्सास च्याप्टरका अध्यक्ष सोफिन थापा, नेपाली समाज टेक्सासका उपाध्यक्ष किरण पौडेल, प्रोफेसर प्रभात दिक्षित, डालस स्थित पशुपतिनाथ तथा बुद्ध मन्दिर ब्यवस्थापन समिति अध्यक्ष बिनय अर्याल, समाजसेवी तथा नेपाली समाज टेक्सासका पूर्ब अध्यक्ष कृष्ण लामिछाने, ह्युस्टन शहर निवासी ईन्जिनियर बिजय झा लगायतको उपस्थिती रहेको समाजका अध्यक्ष भोजराज भट्टले बताउनु भयो ।
कार्यक्रममा बिभिन्न भजन किर्तन कार्यक्रमका साथै बिभिन्न साँस्कृतिक झाँकीहरु समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रम पश्चात गे्रटर अस्टिन नेपाली समाजका अध्यक्ष भोजराज भट्टले सामाजिक सन्जालमा एक धन्यवाद बिज्ञप्ती जारी गर्दै अस्टिनबासी नेपाली समुदायको एक दशक अघि देखिको सपना पूरा हुने क्रममा रहेको बताउनु भएको छ ।
सन २०१३ मा समाजको स्थापना हुँदा देखि नै भगवान पशुपति नाथको मन्दिर स्थापना गर्नुपर्ने प्रस्ताब गरिएको स्मरण गर्दै अध्यक्ष भट्टले नेपाली समुदायको सहयोग र सहभागिता र समन्वयमा मन्दिरको निर्माण कार्य पूरा गरिने बिज्ञप्ती मार्फत प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।

बिदेशी भूमिमा पशुपति नाथको मन्दिर निर्माण गर्नु भनेको पूजाआजा गर्नु मात्र होईन । नेपाल र नेपालीको परिचय पहिचान बिस्तारित गर्नु हो । नेपाली कला, धर्म, सँस्कृतिको सँरक्षण गर्नु हो । हाम्रो यस प्रयासले अमेरिकामा जन्मेका र यतै हुर्केका दोश्रो पुस्तालाई नेपालसँग जोड्न ठूलो सहयोग पुग्नेछ, भट्टद्धारा जारी बिज्ञप्तीमा भनिएको छ ।
अध्यक्षले भट्टले मन्दिर निर्माण कार्यमा सहयोग गर्ने बिभिन्न शहरका ईन्जिनियरहरु, अभियन्ताहरु, पत्रकारहरु, पंडित पूजारीहरु लगायत सबै  अस्टिनबासी नेपाली समुदायहरुलाई धन्यबाद दिनुभएको छ ।

(1) Facebook

Leave A Reply

Your email address will not be published.