घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
नेपाली समाज टेक्सासद्धारा सन्चालित नेपाली पाठशालामा पठन पाठन गरिने विषय बस्तुलाई ब्यवहारिक बनाउन थालिएको छ । पाठशालाका अनुसार छोटो समयमा धेरै बिषयबस्तु सिकाईने भएकाले सैद्धान्तिक भन्दा ब्यवहारिक अभ्यासलाई जोड दिन थालिएको हो । पाठशालामा हरेक साता एउटा परियोजना बनाई त्यसैमा अभ्यास गर्दा बिद्यार्थीहरुले चाँडो सिक्ने गरेको पाठशालाका शिक्षकहरु बताउछन । नेपाली भाषा पाठशालाको लागि निर्माण गरिएको पाठ्यक्रमको आधारमा योजना निर्माण र अभ्यास गराउदा सिकाई प्रकृया प्रभावकारी बन्दै गईरहेको छ ।
यसै क्रममा नेपाली पाठशालाको लागि तयार गरिएको हाम्रो अभ्यास पुस्तिकामा रहेको नेपाली बारसँग सम्बन्धित गीतको एउटा अभ्यास गरिएको छ । पाठशालामा अध्ययनरत छात्रा रिभाले नेपाली बारसँग सम्बन्धित परियोजना अन्तरगत रेकर्ड गरिएको बारसँग सम्बन्धित गीत रहेको बिद्यालयले जनाएको छ । नेपाली र अँग्रेजी भाषालाई सँगै मिलाएर बिद्यार्थीहरुलाई सिकाउने प्रयास गरिएको छ ।
उक्त गीत अमेरिकामा जन्मेका र यतै हुर्केका बालबालिकालाई नेपाली भाषामा बार सिक्न उपयोगी हुने नेपाली भाषा कमिटी अमेरिकाका चियर भोजबहादुर बलायरले बताउनु भयो ।