घण्टेश्वर अनलाईन
टेक्सास अमेरिका
नेपाल अमेरिका पत्रकार संघ (नेजा) को १५ औं साधारण सभा आगामी जुलाई महिनाको २३ र २४ तारेख क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्को शहरमा हुने भएको छ ।
सँघको साधारण सभाको लागि आबश्यक तयारी कार्य शुरु भईरहेको अध्यक्ष बिकासराज न्यौपानेले जानकारी दिनु भयो । साधारण सभाको तयारीका क्रममा सँघले सानफ्रान्सिस्को शहरका बिभिन्न नेपाली समुदायसँग छलफल तथा अन्तरकृया शुरु गरेको नेजाले जनाएको छ ।
गत अप्रिल १० गते आयोजना गरिएको अन्तरकृया कार्यक्रममा उपस्थित सामाजिक अभियन्ताहरुले सँघको साधारण सभालाई सफल बनाउन आबश्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेको सँघका महासचिब सुरज भण्डारीले बताउनु भयो ।
संघका अध्यक्ष बिकासराज न्यौपानेको अध्यक्षतामा सम्पन्न अन्तरकृया कार्यक्रममा बोल्दै गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाका अध्यक्ष बुद्धिसागर सुबेदीले एनआरएनए र सँघका बिचमा बिगत लामो समयदेखि सहकार्य हुदैै आएको बताउदै सहकार्यलाई आगामी दिनमा पनि थप सुदृढ र प्रभावकारी बनाउदै लैजानु पर्ने कुरामा जोड दिनुभयो ।
नेजाका क्षेत्रीय संयोजक(पश्चिम क्षेत्र) शिव नेपालको संचालनमा भएको कार्यक्रममा संघका महासचिव सुरज भण्डारीले कार्यक्रमको विषय बस्तुमाथि प्रकाश पार्नुभएको थियो ।
यसैगरि नेपाल अमेरिका पत्रकार संघको आसन्न साधारणसभाको सन्दर्भमा अप्रिल ९ मा सानफ्रान्सिस्को शहरमा कृयाशिल सँघका पदाधिकारी सदस्य पत्रकारका बिचमा छलफल सम्पन्न भएको छ ।
संघका अध्यक्ष बिकासराज न्यौपाने र महासचिव सुरज भण्डारीको समेत सहभागिता रहेको छलफल कार्यक्रममा साधारण सभाको तयारी तथा सानफ्रान्सिस्को शहरमा पत्रकारहरुले खेल्नु पर्ने भूमिकाको वारेमा अन्तरकृया गरिएकोथियो ।
सो अवसरमा संघका क्षेत्रीय संयोजक शिव नेपाल, पूर्व महासचिव तोया दाहाल,सदस्यहरु अनिल पाण्डे, ईश्वरी न्यौपाने, सन्दीप चौधरी, कृष्ण के.सी, यादव दाहालको सहभागिता रहेको थियो ।