प्रवासी नेपाली मञ्च टेक्सासका पदाधिकारीहरुद्धारा पद बहाली

घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
प्रवासी नेपाली मञ्च टेक्सास च्याप्टरका नव निर्बाचित पदाधिकारीहरुले पद तथा गोपनियताकोसपथ लिएका छन । युलेसमा आईतबार आयोजना गरिएको एक कार्यक्रममा सपथ लिएपछि पदाधिकारीहरुले पद बहाली गरेको मन्चले जनाएको छ ।
प्रबासी नेपाली मञ्चका केन्द्रीय अध्यक्ष प्रभु थापाको उपस्थितीमा कार्यसमितिका अध्यक्ष लक्ष्मण घिमिरे, उपाध्यक्ष द्वय रुपक खड्का र किरण पौड्याल, सचिव राजु नेपाल, सहसचिवमा सदिता प्याकुरेल तथा सदस्यहरु क्रमस मधुसुदन ज्ञवाली, मनोज धिताल, नुरनाथ सुवेदी, कृष्ण भट्टराई, राजेश अधिकारी, भीषण अधिकारी, तुलसी पौडेल, ज्ञानहरि अर्याल, रञ्जित पौडेल र पवन अर्याल पद बाहली गरेका हुन ।
निवर्तमान अध्यक्ष चन्द्रमणि पाण्डेको सभापतित्वमा सम्पन्न पदस्थापन कार्यक्रममा गैरआवासीय नेपाली संघ अमेरिकाका उपाध्यक्ष विकास उप्रेती, टेक्सास शाखाका अध्यक्ष सोफिन थापा, नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्ले, डा. अर्जुन बञ्जाडे, जनसम्पर्क समितिका अध्यक्ष ज्ञानेन्द्र कार्की, एएनएका अध्यक्ष विजयराज भट्टराई, कृष्ण लामिछाने, भानु खरेल, राजु सुवेदी, भक्त थापा, बासु भण्डारी, यमुना भट्टराई, दिनेश शर्मा, शिव काफ्ले लगायतका बक्ताहरुले शुभकामना मन्तब्य व्यक्त गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.