नेपाली समाज टेक्सासद्धारा सन्चालित स्वास्थ्य शिबिरबाट १ सय ४७ जना लाभान्वित

घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
नेपाली समाज टेक्ससले बनभोज कार्यक्रममा सन्चालन गरेको नि:शुल्क स्वास्थ्य शिबिरमा १ सय ४७ जना नेपाली समुदायले सेवा लिएका छन ।
नेपाली नयाँ बर्ष २०७९ को अवसरमा नेपाली समाज टेक्सासले अप्रिल १६ मा आयोजना गरेको बनभोज कार्यक्रममा नि:शुल्क स्वास्थ्य शिबिर सन्चालन गरेको थियो । शिबिरमा मधुमेह, उच्च रक्तचाप र मोटोपनाको स्वास्थ्य परीक्षण गरिएको नेपाली समाज टेक्सासका उपाध्यक्ष डा. बिष्णु उपाध्यायले जानकारी दिनु भएको छ ।
डा. उपाध्यायका अनुसार करिब ४ घण्टामा १ सय ४७ जनालाई नि:शुल्क स्वास्थ्य परीक्षण तथा परामर्श दिईएका मध्य केहिलाई डालस स्थित नि:शुल्क क्लिनिकमा थप स्वास्थ्य परीक्षणका लागि पठाईएको छ । उक्त शिबिरलाई सफल बनाउन सहयोग गर्ने नेपाली समाज टेक्सासको स्वास्थ्य कमिटी, डाक्टर सन्दिप पाण्डेय लगायत सबैलाई उपाध्यक्ष डाक्टर उपाध्यायले सामाजिक सन्जाल मार्फत धन्यवाद दिनु भएको छ ।

Leave A Reply

Your email address will not be published.