ग्रेटर अस्टिन नेपाली समाजले बनभोज कार्यक्रम आयोजना गर्ने

All time tax

अशोक शाही
अस्टिन टेक्सास
टेक्सास राज्यको राजधानी अस्टिनमा रहेका नेपाली समुदायहरुले नयाँ बर्षको अवसर पारी बनभोज कार्यक्रमको आयोजना गर्ने भएका छन ।
नेपालीहरुको सँस्था ग्रेटर अस्टिन नेपाली समाजको आयोजनामा यहि आगामी मे महिनाको १५ तारेखमा बनभोज कार्यक्रम हुन लागेको सँस्थाका अध्यक्ष भोजराज भट्टले जानकारी दिनु भयो ।
बनभोज कार्यक्रममा बिभिन्न खेलकुद कार्यक्रम, साँस्कृतिक कार्यक्रम आयोजना गरिनुका साथै बिभिन्न नेपाली खानाका परिकारको व्यवस्था गरिएको समाजले जनाएको छ ।
ग्रेटर अस्टिन नेपाली समाजले अस्टिन स्थित नेपाली समुदाय तथा अन्य शहरमा रहेका नेपालीहरुलाई कार्यक्रममा सहभागिताको लागि निमन्त्रणा गरेको छ ।

Leave A Reply

Your email address will not be published.