गर्मीमा शरीरलाई शितल राख्न के-के खाने ?

गर्मीले आजित बनाएपछि मानिसलाई के गर्ने र कसो गर्ने भन्ने हुन्छ। कहाँ शितल होला, के खाँदा शितल होला भन्ने पिरलो सबैलाई हुन्छ। त्यसैले गर्मीका बेला तल उल्लेखित खाने कुरामा ध्यान दिनोस्ः

-गर्मीमा पसिना बढी आउँछ। त्यसैले शरीरमा पानीको मात्रा कम नहोस् भन्नका लागि झोल पदार्थ प्रशस्त खानुपर्छ। पानी पर्याप्त खाइएन भने स्वास्थ्य खराब त हुन्छ नै, छाला पनि फुस्रो र फुङ्ग उडेजस्तो हुन्छ।

– पानीको ‘इन्टेक’ बढाउने अनेक तरिका छन्। पानी खाइरहन मन लाग्दैन भने जुस, दही, लसी, कागतीपानी, सर्बत, नरिवलको पानी, तरकारी तथा गेडागुडीको सुप, फलफूल आदि खाएर शरीरमा पानीको आपूर्ति बढाउन सकिन्छ।

– गर्मीमा चिया, कफी सकेसम्म कम खानुपर्छ। ग्रिन टी खाने बानी बसाल्नु गर्मीमा बढी लाभदायक हुन्छ।

– गर्मीमा चिसो पानी प्रशस्त खाने गर्नाले पाचन प्रणालीमा सुधार आउँछ भने शरीर शीतल हुन्छ।

llc

– गाँजर, गोलभेँडा, पालक, काँक्रो, खरबुजा, मेवा, आँपजस्ता फलफूलमा क्यालोरी कम हुन्छ। गर्मीमा यस्ता मौसमी फल खानु ज्यादै राम्रो हो। यसले एसिडिटीको समस्याबाट पनि छुटकारा दिलाउँछ। यस्ता मौसमी तरकारी र फलफूल खाने गर्नाले शरीर शीतल रहन्छ।

– गर्मी मौसममा दिउँसोतिर भोक लाग्यो भने फलफूल, सलाद र सुप खान जोड दिनुहोस्। यस्तो हलुका खानाले पेट पनि भरिन्छ र शरीरमा अनावश्यक बोसो पनि लाग्दैन। साथै, शरीरलाई गर्मी हुन दिँदैन।

– गर्मीमा मोटा मानिसले बिहानको खाजामा केरा खानु राम्रो हुन्छ। यसो गर्दा वजन बढ्दैन। साथै, केरामा पाइने पोटासियम र आइरनले गर्मीमा मानिसलाई दिनभरि फुर्तिलो राख्न मद्दत गर्छ।

– व्यायाम गर्ने बानी छैन भने बिहान–बेलुका फटाफट हिँड्ने गर्नाले गर्मीमा ज्यादै राम्रो गर्छ यसो गर्दा शरीरमा अक्सिजनको मात्रा बढ्छ।

– रातको खाना खाएपछि १५–२० मिनेट टहल्नु लाभदायक हुन्छ। जाडोमा भन्दा गर्मीमा बाहिर हिँड्न सहज हुन्छ र शितल पनि हुन्छ।

दृष्टि अनलाईनबाट

Leave A Reply

Your email address will not be published.