Prem

आज विश्व मुस्कान दिवस ः जानी राखौं, मुस्कानका फाइदाहरु

घण्टेश्वर अनलाईन
दिपायल
आज विश्व मुस्कान दिवस । “Radiate Joy ”   भन्ने नाराका बिश्व मुस्कान दिवस बिभिन्न कार्यक्रमका साथ मनाईदैछ । अङ्ग्रेजी पात्रो अनुसार हरेक वर्ष अक्टोबर महिनाको पहिलो शुक्रबारको दिनलाई ‘विश्व मुस्कान दिवस’ का रुपमा मनाउने गरिन्छ ।
वर्चेस्टरका एक कलाकार हार्वे बलले सन् १९६३ मा अभिनयको क्रममा मुस्कानसहितको भाव अनुहारमा प्रस्तुत गरे । जसले मानिसहरूको ध्यान मुस्कानको महत्वतिर केन्द्रित हुन पुग्यो । त्यसपछि सन् १९९९ देखि यो दिवस औपचारिक ढङ्गमा मनाउने गरिन्छ । सन् २००१ मा हार्वे बलको निधन भयो । त्यतिबेला उनको सम्झनामा बनेको ‘विश्व हार्वे बल मुस्कान फाउण्डेसन’ले आजको दिनमा थुप्रै ठाउँमा मुस्कान दिवस विशेष कार्यक्रमहरू आयोजना गर्दै आएको छ । यस फाउण्डेसनको नारा छ, ‘संसारलाई मुस्कानले सुधार गर्नुहोस् ।’
मानव जीवनमा मुस्कानको धेरै महत्व रहेको छ । मुस्कानले हरेक व्यक्तिको मानसिकसँगै शारीरिक स्वास्थ्यमा पनि धेरै फाइदा पु¥याउने धेरै अनुसन्धानहरूले पत्ता लगाएका छन् ।
अनुसन्धानदाताका अनुसार मुस्कानले तनाव कम गर्न लाई सहयोग गर्दछ । मस्तिष्कले नकारात्मक सोचलाई रक्षात्मक संयन्त्रको रूपमा प्रयोग गर्दछ । मुस्कानले यसको प्रतिरोध गर्न सक्छ । त्यसैले हाँस्ने बानीले मस्तिष्कलाई राम्रो निर्णयहरू गर्न, थप सकारात्मक सोच्न र जीवनको बारेमा राम्रो महसुस गर्न मदत पु¥याउँछ ।
के छन मुस्कानका फाइदाहरु ?
मुस्कानले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र सेतो रक्त कोशिकाको सँख्या बढाइ, रक्तचाप कम गर्न मदत गर्छ, जसले सङ्क्रमणबाट बचाउँछ । मुस्कुराउँदा एन्डोर्फिन र सेरोटोनिन रिलिज हुन्छ जसले प्राकृतिक पीडा कम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ । मुस्कानले मानिसलाई जवान देखाउँछ अर्थात् स्वस्थ उज्यालो र आकर्षक देखाउँछ ।
नियमित रूपमा मुस्कुराउनुले मानिसहरूलाई थप आत्मविश्वासी बनाउँछ । उनीहरूको पदोन्नतिको सम्भावना बढाउँछ, र उनीहरूलाई थप पहुँचयोग्य बनाउँछ । जब बैठक वा व्यापार भेटघाटमा हुँदा मुस्कुराउँदा अन्य मानिसहरूबाट थप सकारात्मक प्रतिक्रिया पाउन सकिन्छ ।
मुस्कान लामो आयुसँग प्रत्यक्ष जोडिने धेरै अध्ययनहरूले देखाएको छ । मुस्कानले सकारात्मक मुड कायम राख्न र लामो समय स्वस्थ जीवन बाँच्न योगदान गर्न सक्छ ।

श्रोत ः बिभिन्न सामाजिक सन्जाल

Leave A Reply

Your email address will not be published.