Prem

समुदायलाई योगदान दिन मिडियालाई बलियो बनाउनु पर्ने कुरामा जोड

घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
टेक्सास राज्यका बिभिन्न क्षेत्रलाई कर्मथलो बनाएका नेपाली समुदायका अगुवाहरु तथा पत्रकारहरुले कमजोर मिडियाले समुदाय बलियो बनाउन नसक्ने भएकाले मिडिया बलियो हुनु पर्ने कुरामा जोड दिएका छन ।
बिश्व प्रेस स्वतन्त्रता दिवस २०२२ को अवसर पारी नेपाल अमेरिका पत्रकार सँघ(नेजा) केन्द्रीय समितिद्धारा आज टेक्सासको अर्भिङमा आयोजना गरिएको सामुदायिक अन्तरकृया कार्यक्रममा सहभागिहरुले मिडिया बलियो भएमा समुदाय र राष्ट्रका लागि योगदान पुग्न सक्ने बताए ।
सँघका केन्द्रीय अध्यक्ष बिकासराज न्यौपानेको अध्यक्षता तथा केन्द्रीय सदस्य वावुराम दहालको सन्चालनमा सम्पन्न सो कार्यक्रममा बोल्दै बरिष्ठ पत्रकार सन्जय घिमिरेले पत्रकार पनि समाजकै अँग भएकाले मिडियाकोे सही प्रयोग र मिडिया बलियो बनाउने जिम्मेवारी पनि समुदायको भएको धारणा ब्यक्त गर्नु भयो ।
कार्यक्रममा बोल्दै नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्लेले नेपाली पत्रकारहरुले प्रदान गरेको सूचना, शिक्षाले नेपाली समुदायको प्रवासी जीवन सहज बनाउन मद्दत मिलेको चर्चा गर्नु भयो । समाजलाई बलियो बनाउनका लागि मिडिया र समुदाय सहकार्य गर्दै अघि बढ्नु पर्नेमा वाग्लेको जोड थियो ।
यसैगरि गैर आवासिय नेपाली सँघ अन्तराष्ट्रिय समन्वय परिषदका क्षेत्रीय सँयोजक रामकुमार सुवेदीले डिजिटल पत्रकारितामा अबसर र चुनौती दुवै रहेको बताउदै मिडिया र समुदाय बिचको सम्बन्ध र सहकार्यले चुनौती हटाउदै जानुपर्ने खाँचो औंल्याउनु भयो । गैर आवासिय नेपाली सँघ अमेरिका टेक्सास च्याप्टरका कार्यबहाक अध्यक्ष गँगा शर्माले मिडियाले सही सूचना प्रवाह गरेर नेपाली समुदायलाई जोड्नु पर्ने कार्यमा सहयोग गर्नु पर्ने बताउनु भयो ।
सामाजिक अभियन्ता डा. अर्जुन बन्जाडेले पत्रकारहरुको सुरक्षा, सूचनामा पहुँचको सवालमा राज्य पक्ष गम्भिर हुनु पर्ने कुरामा जोड दिनु भयो । प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको सवाललाई सम्बद्ध सबैले वहसको विषय बनाउनु पर्ने डा. बन्जाडेको जोड थियो ।
कार्यक्रममा आफ्ना धारण राख्दै बरिष्ठ पत्रकार तारा बरालले नेपाली पत्रकारिताको बर्तमान अवस्थाबारे बोल्दै नेपाली पत्रकारहरुमा आचारसँहिताको पालना चुनौती बन्दै गएको भन्दै चिन्ता ब्यक्त गर्नु भयो ।
अर्को पत्रकार रामचन्द्र भट्टले मिडियामा समाजको प्रतिबिम्ब झल्किने भएकाले समुदाय र मिडिया बिचको सम्बन्ध र सहकार्य बलियो हुनु पर्ने कुरामा जोड दिनु भयो । समुन्नत समाज निर्माणको लागि समुदायका हरेक ब्यक्ति तथा सँस्थाहरुलाई मिडिया सम्बन्धि आधारभूत जानकारी हुनु पर्ने भट्टले बताउनु भयो ।
टेक्ससका सामाजिक अगुवा एनसिएससीका अध्यक्ष सुरेन्द्रचन्द्र पोखरेलले मिडियाका क्षेत्रमा देखिएका कमजोरी औंल्याउदै पत्रकारहरुले आफ्ना कमि कमजोरीहरुलाई पहिचान गरि सुधार गर्नु पर्ने खाँचो औल्याउनु भयो ।
पत्रकार सुजन पण्डितले अहिले बिश्वव्यापी रुपमा डिजिटल घेरामा पत्रकारिता क्षेत्र रहेको चर्चा गर्दै डिजिटल युगले पत्रकारिता प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता, पत्रकारहरुको सुरक्षा तथा सूचनामा पहुँच र गोपनियतामा प्रभाव पारिरहेको बताउनु भयो ।
कार्यक्रममा नेपाल अमेरिका पत्रकार सँघका महासचिब सुरज भण्डारीले सँघले मिडिया र समुदाय बिचको सम्बन्ध बलियो बनाउनको लागि बिभिन्न राज्यमा नेपाली समुदायसँग सामुदायिक अन्तरकृया गर्न लागेको जानकारी दिनु भयो ।
उक्त कार्यक्रममा युलेस सिटी काउन्सिलका टिका पौडेल लगायत बिभिन्न सामुदायिक सँघ, सँस्थाका अगुवाहरु, पत्रकारहरुले प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताका लागि खेल्नुपर्ने भूमिकाको वारेमा बोल्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.