नेपाल अमेरिका पत्रकार सँघले आईतवार रक्तदान कार्यक्रमको आयोजना गर्ने

All time tax

घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
नेपाल अमेरिका पत्रकार संघ(नेजा) ले आउँदो आईतबार (१५ मे, २०२२)टेक्ससको अर्भिङमा रक्तदान कार्यक्रम गर्ने      भएको छ । सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको सँघका कार्य समिति सदस्य बाबुराम दाहालले जानकारी दिनु भयो । रक्तदान कार्यक्रमको लागि ब्लड डोनर्स अफ अमेरिका टेक्सस च्याप्टरले नेजालाई सहयोग गर्ने भएको छ ।
Curry Leaf Restaurant Bar & Banquet, 1800 Valley View Ln # 104  Irving Texas 75061 मा आयोजना हुन लागेको रक्तदान कार्यक्रमको सबै तयारी अन्तिम चरणका रहेको सदस्य दाहालले बताउनु भयो । टेक्ससमा सक्रिय संघ संस्थाहरु तथा सामाजिक अभियन्ताहरुले समेत रक्तदान कार्यक्रममा सहयोग गर्ने जनाएका छन । परोपकारी र मानवीय पुण्यको कार्यमा सहभागि भई रक्तदान गर्न नेजाले नेपाली समुदाय लगायत सबैमा सार्बजनिक आह्वान गरेको छ ।
ब्लड डोनर्स अफ अमेरिका टेक्सस च्याप्टरका अध्यक्ष अजय बगालेले बिगतमा रक्तदान गर्दै आउनु भएका रक्तदाताहरुलाई कार्यक्रमको वारेमा सूचना प्रवाह भईरहेको जानकारी दिनु भयो ।
पहिलो पटक रक्तदान गर्न चाहाने महानुभावहरुलाई पनि रक्तदान गरी पुण्यको कार्यमा सरिक हुन बगालेले आह्वान            गरेका छन ।

Leave A Reply

Your email address will not be published.