टेक्सासको ड्यालसमा रक्तदान कार्यक्रम सम्पन्न

All time tax

घण्टेश्वर अनलाईन
ड्यालस, अमेरिका
नेपाल अमेरिका पत्रकार संघ (नेजा) द्धारा आयोजना गरिएको रक्तदान कार्यक्रम आज टेक्सासको ड्यालसमा सम्पन्न भएको छ । सामाजिक उत्तरदायित्व अन्तरगत सँघले विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भ तथा बुद्ध जयन्तीको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।
उक्त रक्तदान कार्यक्रममा नेपाली समुदायका अगुवा सामाजिक अभियन्ताहरु गरि ४८ जना रक्तदाताले रक्तदान गरेको नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष बिकासराज न्यौपानेले जानकारी दिनु भयो ।
‘रक्तदान जीवन दान ‘ भन्ने नाराका साथ आयोजना गरिएको उक्त रक्तदान कार्यक्रम कार्टर ब्लड केयरसँगको समन्वय, ब्लड डोनर्स अमेरिकाको सहयोग रहेको थियो । कुल ५४ जना रक्तदाताले रक्तदान गर्न ईच्छा जाहेर गरेपनि ४८ जना मात्र स्वास्थ्य परीक्षणका क्रममा रक्तदान गर्न योग्य रहेका थिए ।
नेपाल अमेरिका पत्रकार संघ (नेजा) सँगको सहकार्यमा रक्तदान जस्तो मानवीय सेवाको काम गर्न पाउँदा निकै खुशी लागेको छ, बिडिए टेक्सस च्याप्टरका अध्यक्ष अजय बगालेले बताउनु भयो । रक्तदान कार्यक्रममा नेजा र बिडिएका पदाधिकारी सदस्यहरुले स्वयंसेवकको भूमिका खेलेका थिए ।
त्यस अवसरमा नेजाका अध्यक्ष विकासराज न्यौपाने, युलेस सिटी काउन्सिलका सदस्य टीका पौडेल, एनआरएन अमेरिका उपाध्यक्ष सुमन थापा, बिडिए टेक्ससका पूर्ब अध्यक्ष शिव काफ्ले, गंगा थापा, १२ खरी अनलाईनका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्य लगायतको उपस्थिती रहेको थियो ।
यो नितान्त सामाजिक काम हो । रक्तदान जीवन दान पनि हो । एक पिन्ट रगतले तीनजनाको ज्यान बचाउन सकिन्छ । नेजाले बिडिएसँगको सहकार्यमा आगामी दिनमा पनि रक्तदान जस्तो मानवीय सेवाको क्षेत्रमा कार्यलाई निरन्तरताले दिने योजना बनाएको सँघका अध्यक्ष न्यौपानेले जानकारी दिनु भयो ।

Leave A Reply

Your email address will not be published.