अमेरिकाको बाल्टिमोरमा बाना कप भलिवल प्रतियोगिता २०२२ आयोजना हुने
सुदूरपश्चिम नेपाली समाज टेक्सासको टीम बालटिमोर पुग्यो
घण्टेश्वर अनलाईन
टेक्सास अमेरिका
अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा बाना कप भलिवल प्रतियोगिता २०२२ आयोजना हुने भएको छ । प्रतियोगिता बाल्टिमोर एशोसियसन अफ नेप्लिज ईन अमेरिका (बाना) को आयोजनामा यही जुलाई २३ र २४ गते हुन लागेको बानाले जनाएको छ । बानाका अनुसार अमेरिका भित्र बसोवास गर्ने नेपालीहरु बीचमा सद्भाव एबं खेलकुदको बिकास गर्ने उद्देश्यले बाना कप भलिवल प्रतियोगिता २०२२ आयोजना गरिएको हो ।
उक्त प्रतियोगितामा कुल २० नेपाली खेलाडी समूहले सहभागिताको लागि टीम दर्ता गरेका छन । प्रथम हुने समूहले ५ हजार ५ सय ५५ डलर, ट्रफी, मेडल र प्रमाण पत्र, दोश्रो हुनेले ३ हजार ३ सय ३३ डलर ट्रफी, मेडल र प्रमाण पत्र तथा उत्कृष्ट सट, अनुशासित खेलाडीहरुलाई ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
उक्त प्रतियोगितामा सुदूरपश्चिम नेपाली समाज टेक्सासले पनि सहभागिता जनाउने भएको छ । समाजका महासचिब गोबिन्द शाहीका अनुसार समाजको तर्फबाट नेपालका भूपु राष्ट्रिय भलिवल टीम कप्तान कैलाश भट्ट, सह कप्तान मनोज गौतमको नेतृत्वमा भलिवल खेलाडी टीम बालटिमोर पुगिसकेको छ । उक्त खेलाडी टीममा समाजको तर्फबाट जनक सामन्तले सँस्थागत प्रतिनिधित्व गरिरहनु भएको बताईएको छ । सुदूरपश्चिम नेपाली समाज टेक्सासले अमेरिकाका बिभिन्न स्थानमा आयोजना हुने भलिवल खेल प्रतियोगितामा सहभागि हुँदै आएको शाहीले बताउनु भयो ।