वाना भलिवल प्रतियोगितामा सुदूरपश्चिम नेपाली समाज बिजयी

All time tax

घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
अमेरिकाको मेरिल्याण्ड राज्य स्थित बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना) को आयोजनामा भएको वाना अन्तरराज्य भलिवल प्रतियोगिता २०२२ मा पुरुष तर्फ सुदूरपश्चिम समाज टेक्सासले जीत हासिल गरेको छ । यसैगरि उक्त प्रतियोगितामा महिला तर्फ आयोजक वाना बालटिमोर टीम प्रथम भएको छ ।
यसैगरि आयोजकका अनुसार पुरुष तर्फको प्रतियोगितामा सिन्धु बुद्ध न्यूयोर्क र महिला तर्फ म्याग्दी समाज न्यूयोर्क उप बिजेता बनेको थियो । पुरुषमा सुदूरपश्चिम टेक्ससका कैलाश भट्ट र महिलामा रमिला तण्डुकार सर्वोत्कृष्ट खेलाडी बनेका छन । जुलाई २३ –२४ का दिन आयोजना भएको प्रतियोगितामा अमेरिकाका विभिन्न राज्यहरुबाट पुरुष तर्फ १८ वटा खेल टोलीहरु तथा महिला तर्फ ४ वटा टोलीले भाग लिएका थिए ।
प्रतियोगितामा प्रथम हुने खेलाडी टोलीेलाई ५ हजार ५ सय ५५ डलर, द्वितीय हुनेलाई ३ हजार ३ सय ३३ तथा बिजयी महिला खेलाडी टोलीलाई १ हजार १ सय ११ तथा उप बिजेता महिला टोलीलाई ५ सय ५५ डलर नगद, मेडल ट्रफी, प्रमाण पत्र प्रदान गरिएको थियो ।
प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथि नेपाली राजदुताबासका उप नियोग प्रमुख कुमारराज खरेल रहेका थिए भने बिशिष्ट अतिथिमा बिधान सभा सदस्य डा ह्यारी भण्डारी, महाबाणिज्यदुत प्रेमराजा महत, दुताबासका आमन्त्रित अतिथि, बानाका गुठी सदस्य प्रभु थापा, विभिन्न संघ, संस्थाका व्यक्तित्वहरु तथा प्रायोजकहरुले समेतले बिजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए । समापन तथा पुरुस्कार वितरण समारोह सुबोध पन्तको अध्यक्षता तथा महासचिव सागर घिमिरेको सन्चालनमा भएको थियो ।
सुदूरपश्चिम नेपाली समाज टेक्सासद्धारा बिजयी खेलाडीलाई बधाई
सुदूरपश्चिम नेपाली समाज टेक्सासले वाना अन्तर राज्य भलिवल प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने सुदूरपश्चिम नेपाली समाज टेक्सासका खेलाडीहरुलाई बधाई दिएको छ । समाजका अध्यक्ष नवराज नाथ र महासचिब गोबिन्द शाहीले प्रतियोगितामा सुदूरपश्चिम नेपाली समाजका खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गरेर समाजको पहिचान र गरिमालाई थप उचाईमा पुर्याएको प्रतिकृया दिएका छन । साथै अध्यक्ष र महासचिबले बिजयी खेलाडीहरुलाई हार्दिक बधाई समेत दिएका छन ।

Leave A Reply

Your email address will not be published.