टेक्सासको अस्टिनमा तीज शुभकामना साँझ २०७९ आयोजना हुने

घण्टेश्वर अनलाईन
अस्टिन, टेक्सास
टेक्सासको राजधानी अस्टिनमा यस बर्षको तीज भब्य रुपमा मनाईने भएको छ । तिज पर्बको अवसरमा ग्रेटर अस्टिन नेपाली समाज अस्टिनको आयोजनामा अस्टिनमा यही २७ अगस्ट शनिबारका दिन दरखाने कार्यक्रम, तीज गित तथा नृत्य प्रस्तुती, तिज शुभकामना कार्यक्रम लगायतका कार्यक्रम आयोजना गरिने समाजका अध्यक्ष भोजराज भट्टले जानकारी दिनु भयो ।
नेपालीहरुको अत्यधिक बसोवास रहेको अस्टिनमा आयोजना गर्न लागिएको तिज शुभकामना साँझ २०७९ कार्यक्रममा नेपाली समुदायको उल्लेख्य सहभागिता रहने समाजले जनाएको छ ।
ग्रेटर अस्टिन नेपाली समाजका अध्यक्ष भट्टका अनुसार तीज शुभकामना साँझ कार्यक्रम अगस्ट २७ आईतबारका दिन दिउसो ४ बजेदेखि बेलुकी ९ बजेसम्म सन्चालन हुने छ । कार्यक्रममा तीज शुभ कामना कार्यक्रम तथा बिभिन्न कलाकारहरुद्धारा बिभिन्न प्रस्तुती रहने छन ।

Leave A Reply

Your email address will not be published.