अमेरिकाको टेक्सासमा रिपोटर्स क्लब नेपालको शाखा बिस्तार

All time tax

घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
नेपालको चर्चित सन्चार सँस्था रिपोटर्स क्लब नेपालले अमेरिकाको टेक्सासमा शाखा बिस्तार गर्ने भएको छ ।
टेक्सासबाट सन्चालन हुँदै आएको युएस खबर मिडिया नेटवर्क कर्पोरेशनसँगको सहकार्यमा रिपोटर्स क्लब नेपालको शाखा बिस्तार हुन लागेको हो । नेपालका बिभिन्न जिल्लामा क्लबको जिल्ला शाखा रहेपनि यो बिदेशमा बिस्तार गरिएको पहिलो शाखा रहेको बताईएको छ ।
अमेरिकाको टेक्सासमा रिपोटर्स क्लब नेपालको शाखा बिस्तार गर्नको लागि युएस खबर र रिपोर्टस क्लब नेपाल बिचमा हालै सम्झौता पनि गरिएको छ ।
सम्झौता अनुसार रिपोटर्स क्लब नेपालले युएस खबर पब्लिक क्लबलाई रिपोटर्स क्लबको शाखाको रुपमा मान्यता समेत दिईसकेको छ । हालको युएस खबरको कार्यालयमा रिपोटर्स क्लब नेपालको शाखा कार्यालय रहने छ ।
रिपोटर्स क्लब नेपालको टेक्सास शाखाले अमेरिकामा रहेका नेपाली समुदायका चासोका बिषयमा सरोकारवाला बिचमा साक्षात्कार कार्यक्रम मार्फत सवाल उजागर गर्ने युएस खबर टाईम्सका सम्पादक ओम आचार्यले जानकारी दिनु भयो ।
रिपोटर्स क्लब नेपालका केन्द्रीय अध्यक्ष ऋषि धमलाले अमेरिकाको टेक्सासमा शाखा बिस्तार हुन लागेकोमा खुशी ब्यक्त गर्दै क्लबले अमेरिकामा रहेका नेपाली समुदायका सवालहरु पहिचान, उनीहरुका गतिबिधीहरु, बिचार समेट्न सफल हुने बिश्वास व्यक्त गर्नु भएको छ ।
रिपोटर्स क्लब नेपालको टेक्सास शाखाका गतिबिधीहरुलाई व्यवस्थित गर्नका लागि ५ सदस्यीय समिति पनि गठन गरिएको छ ।
अमेरिकामा रहेका प्रवासी नेपालीहरुलाई नेपालसँग जोड्नका लागि रिपोटर्स क्लब नेपालको टेक्सास शाखाले महत्वपूर्ण भूमिका खेल्ने टेक्सासमा रहेका अभियन्ताहरुले बिश्वास ब्यक्त गरेका छन । रिपोटर्स क्लब नेपालको टेक्सास शाखाको रिपोटर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले औपचारिक शुभारम्भ गर्ने गरि तयारी भईरहेको सम्पादक आचार्यले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.