Prem

रिपोटर्स क्लब नेपालको अमेरिका शाखा कार्य समिति घोषणा

घण्टेश्वर अनलाईन
टेक्सास अमेरिका
अमेरिकाको टेक्सासमा स्थापना भएको रिपोटर्स क्लब नेपालको प्रवास शाखाले आज एक कार्यक्रम आयोजना गरि सँस्थाको वारेमा नेपाली समुदायलाई जानकारी गराएको छ । युलेशमा रहेको यूएस खबरको कार्यलय तथा रिपोटर्स क्लब अमेरिका शाखाको कार्यकक्षमा आयोजना गरिएको उक्त कार्यक्रममा क्लबको अमेरिका शाखाको पहिलो कार्य समिति समेत घोषणा गरिएको थियो ।
रिपोटर्स क्लब नेपालको अमेरिका शाखाका अध्यक्ष किशन रेग्मीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा क्लबका महासचिव ओम आचार्यले रिपोर्टर्स क्लब नेपालको अमेरिका शाखाको वारेमा जानकारी दिदै आगामी कार्ययोजनाको वारेमा जानकारी गराउनु भएको थियो ।
टेक्सासमा रहेका नेपाली समुदायका अगुवाहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा विशिष्ट अतिथी नेपाल अमेरिका पत्रकार संघ (नेजा)का महासचिव सुरज भण्डारी, जेके फाउण्डेसनकी अध्यक्ष तथा सामाजिक अभियन्ता उमा कार्की थापा, नेजा कार्यसमिती सदस्य बाबुराम दाहाल, नेपाली समाज टेक्ससका बरिष्ठ उपाध्यक्ष विवेक कणेल, नेजा पूर्व क्षेत्रिय संयोजक रामचन्द्र भट्ट रामचन्द्र भट्ट र एनआरएनए अमेरिकाका टेक्सस च्याप्टर अध्यक्ष सोफिन थापा लगायतका बक्ताहरुले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रमका बोल्ने वक्ताहरुले नेपालमा छुट्टै पहिचानबनाउन सफल रिपोटर्स क्लव नेपालकोे प्रवास शाखाका रुपमा बिस्तार भएकोमा शुभकामना दिएका थिए ।
क्लबले प्रवासमा नेपाली समुदायका सवालहरु उजागर गर्दै नेपालसँग जोड्न भूमिका खेल्नु पर्ने, प्रवासी नेपाली समुदायलाई उपयोगी हुने सन्चार सामग्री उत्पादन तथा प्रसारण गर्नुपर्ने, क्लब समाजसेवी सँस्थाका रुपमा स्थापित हुनु पर्ने लगायतका बिषयमा सरोकारवालाहरुले जोड दिएका थिए ।
आज घोषणा गरिएको क्लबको पहिलो कार्य समितिका पदाधिकारीहरुमा अध्यक्ष किशन रेग्मी रेग्मी, बरिष्ठ उपाध्यक्ष प्रशन्न ढुंगाना, महासचिव ओम आचार्य, उपाध्यक्ष उत्तम धमला, कोषाध्यक्ष वइवा टेक लामा, सह कोषाध्यक्ष सरु शर्मा रहनु भएको छ ।
यसैगरि सदस्यहरुमा क्रमस : महालक्ष्मी सिलवाल, बिनिश भण्डारी, अनिता आचार्य, गोविन्द रेग्मी, मौशम भट्टराई, रमेश अधिकारी,अबि ओली र शंकर थापा रहेको क्लबले जनाएको छ ।
आगामी दशैं अघि क्लबका केन्द्रिय अध्यक्ष ऋषि धमला सहितको टिमलाई अमेरिका बोलाएर शाखा बिस्तारको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको रिपोटर्स क्लबको अमेरिका शाखाका अध्यक्ष रेग्मीले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.