घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
सुदूर पश्चिम नेपाली समाज टेक्सास र लुम्बिनी सेवा समाज अमेरिकाको आयोजनामा आगामी सेप्टेम्बर ४ आईतबारका दिन रक्तदान कार्यक्रमको आयोजना गरिने भएको छ ।
ब्लड डोनर्स अफ अमेरिकासँगको सहकार्यमा आयोजना गरिने रक्तदान कार्यक्रम अर्भिङ स्थित नेपाली मन्दिर (पशुपति नाथ तथा बुद्ध मन्दिर) मा बिहान ११ बजे देखि दिउसो २ बजे सम्म सन्चालन गरिने सुदूरपश्चिम नेपाली समाज टेक्सासका अध्यक्ष नबराज योगीले जानकारी दिनु भयो ।
रक्तदान जीवन दान भएकाले उक्त कार्यक्रममा सहभागी भएर रक्तदान गर्न अध्यक्ष योगीले सबै नेपाली समुदायलाई आग्रह गर्नु भएको छ ।
सोही दिन सुदूरपश्चिम नेपाली समाज टेक्सासले सुदूर पश्चिमबासीको प्रमुख चाड गौरा पर्ब नेपाली मन्दिर अर्भिङमा मनाउदैछ ।
टेक्सासका बिभिन्न स्थानमा रहेका सुदूरपश्चिमबासीको सहभागिता रहने उक्त गौरा पर्ब कार्यक्रममा बिहान ८ बजेदेखि १२ बजे सम्म गौरादेबीको पूजाआजा तथा १२ बजे देखि सुदूर पश्चिमको मौलिक डेउडा कार्यक्रम आयोजना हुने सुदूर पश्चिम नेपाली समाज टेक्सासले जनाएको छ ।