टेक्सासमा पनि शुरु भयो, तीज र गौरा पर्बको रमझम

घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
अमेरिकाको टेक्सास राज्यका बिभिन्न स्थानमा बसोवास गर्ने नेपाली समुदायहरुमा तीजको रमझम शुरु भएको छ । नेपाली गाउँबस्तीहरु तीजमय भईरहेको बेला प्रवासी नेपाली महिलाहरुले पनि आफु अनुकुलको दिन र समयमा तीज मनाईरहेका छन ।
नेपाली महिलाहरुको महत्वपूर्ण चाड तीज यसबर्ष यही भदौ महिनाको १४ गते परेकोछ । प्रवासमा प्रायजसो सबैले काम गर्ने भएकाले नेपाली समुदायको बसोबास रहेको स्थानमा सबैको अनुकुल पर्ने गरि बिदाको दिन र समयमा तीज कार्यक्रम भईरहेको फोर्टवर्थ बर्कसायरकि सिर्जना रिजालले बताईन ।
टेक्सासमा रहेका बिभिन्न सामाजिक सँस्थाहरुले पनि आफ्नो समुदायमा आयोजना गरिने सशुल्क तथा नि:शुल्क तीज बिशेष कार्यक्रमको ब्यानरहरु सामाजिक सन्जाल मार्फत सार्बजनिक गरिरहेका छन ।
तीजको अवसरमा बिभिन्न सँस्थाहरुले तीज उत्सब तथा दरखाने कार्यक्रमको आयोजना गरि सबैलाई ईच्छुक सबैलाई आमन्त्रण गरिरहेका छन । प्रवासमा आयोजना गरिने नेपाली परम्परा अनुसारका साँस्कृतिक चाडपर्बहरुले प्रवासमा नेपाली पहिचान झल्किने र प्रवासी नेपालीहरुलाई नेपालसँग जोड्नलाई सहयोग गर्ने नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेको धारणा रहेको छ ।
यस्तै गैर आवासिय नेपाली सँघ अमेरिका नेपाली पाठशाला कमिटीका अध्यक्ष भोजबहादुर बलायरको पनि वाग्लेको जस्तै धारणा रहेको छ । नेपाली भाषा, धर्म र सँस्कृतिलाई पुस्तान्तरण गर्न साँस्कृतिक चाडपर्बहरु स्वदेश तथा बिदेशमा पनि मनाउन आबश्यक रहेको बलायर बताउनु हुन्छ । अमेरिकामा जन्मेका र हुर्केका नयाँ पुस्तालाई नेपाली भाषा सँस्कृतिको जानकारी दिनका लागि प्रवासमा आयोजना गरिने साँस्कृतिक चाडपर्बहरुको बिशेष महत्व रहेको उहाँको भनाई छ ।
यस्तै टेक्सासमा बसोवास गर्ने सुदूरपश्चिमबासीहरुले पनि आगामी सेप्टेम्बर ४ मा सुदूर पश्चिमको मौलिक चाड गौरा पर्ब मनाउने भएका छन । गौरा पर्बको अवसरमा नेपाली मन्दिर(पशुपति नाथ तथा बुद्ध मन्दिर) मा पूजाआजा तथा डेउडा कार्यक्रम आयोजना गरिने सुदूरपश्चिम नेपाली समाज टेक्सासका अध्यक्ष नवराज योगीले जानकारी दिनु भयो ।
“जमानाले राम्री बनायो” बोलको तीज गीत टेक्सासको डालसमा छायाँकन
तीज पर्ब नजिकिदै गर्दा टेक्सासको ड्यालसमा सुनिता बुढाक्षेत्रीको स्वर रहेको जमानाले राम्री बनायो बोलको तीज गीत छायाँकन गरि सार्बजनिक गरिएको छ ।
सन्चारकर्मी किसन रेग्मीको निर्देशन र कोरियोग्राफी रहेको उक्त म्युजिक भिडियोमा टेक्सास स्थित नेपाली चेलीहरुले अभिनय गरेका छन । युएस खबर मिडिया नेटवर्कको उत्पादन गरेको उक्त भिडियो गुन्जन भण्डारीले छायाँकन गरेकी हुन ।

हाल सम्म नेपाली समुदायले सार्बजनिक गरेका तीज तथा गौरा पर्बका कार्यक्रमहरु

नेपाली समाज टेक्सास : नेपाली समाज टेक्सासले अगस्ट २७ शनिबारका दिन तीज कार्यक्रमको आयोजना गर्ने भएको छ । ईन्द्रेणी साँस्कृतिक सँघ र नेपाली समाज टेक्सासको आयोजनामा तीज उत्सब हुन लागेको नेपाली समाज टेक्सासका महासचिब सन्देश उप्रेतीले जानकारी दिनु भयो ।

अमेरिका मधेशी समाज टेक्सास : अमेरिका मधेशी समाज टेक्सासले पनि अगस्ट २७ शनिबारका दिन तीज उत्सब कार्यक्रमको आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा ईच्छुक मधेशी तथा गैर मधेशी सबै सहभागि हुन सक्ने समाजले जनाएको छ । टेक्सासकोअर्भिङ स्थित करि लिफ रेष्टुरेन्टको सभाकक्षमा कार्यक्रम आयोजना हुने कार्यक्रम नेपाली खाना, सँगीत नृत्य तथा वालवालिकाहरुका लागि खेल कार्यक्रम गर्ने कार्यक्रम रहेको आयोजकले बताएका छन ।

llc

ग्रेटर अस्टिन नेपाली समाज अस्टिन : टेक्सासको राजधानी अस्टिनमा यस बर्षको तीज भब्य रुपमा मनाईने भएको छ । तिज पर्बको अवसरमा ग्रेटर अस्टिन नेपाली समाज अस्टिनको आयोजनामा अस्टिनमा यही २७ अगस्ट शनिबारका दिन दरखाने कार्यक्रम, तीज गित तथा नृत्य प्रस्तुती, तिज शुभकामना कार्यक्रम लगायतका कार्यक्रम आयोजना गरिने समाजका अध्यक्ष भोजराज भट्टले जानकारी दिनु भयो ।
नेपालीहरुको अत्यधिक बसोवास रहेको अस्टिनमा आयोजना गर्न लागिएको तिज शुभकामना साँझ २०७९ कार्यक्रममा नेपाली समुदायको उल्लेख्य सहभागिता रहने समाजले जनाएको छ ।
ग्रेटर अस्टिन नेपाली समाजका अध्यक्ष भट्टका अनुसार तीज शुभकामना साँझ कार्यक्रम अगस्ट २७ आईतबारका दिन दिउसो ४ बजेदेखि बेलुकी ९ बजेसम्म सन्चालन हुने छ । कार्यक्रममा तीज शुभ कामना कार्यक्रम तथा बिभिन्न कलाकारहरुद्धारा बिभिन्न प्रस्तुती रहने छन ।

लुम्बिनी सेवा समाज अमेरिकाद्धारा  टेक्सासमा यही अगस्ट २१ आईतबारका दिन बृहत तिज बिशेष कार्यक्रमका आयोजना हुने भएको छ ।
तिज बिशेष कार्यक्रम टेक्सासको अर्भिंग स्थित करिलिफ रेष्टरेन्टको सभाकक्षमा दिउसो १ बजे देखि बेलुकी ८ बजे सम्म सन्चालन हुने समाजको सूचनामा जनाईएको छ ।
प्रबासमा पनि नेपाली सँस्कृतिको सँरक्षण, सम्बद्र्धन गर्दै नयाँ पुस्तालाई नेपाली कला सँस्कृतिसँग जोड्न तिज बिशेष कार्यक्रमको आयोजना गर्न लागिएको समाजले जनाएको छ ।
तिज बिशेष कार्यक्रममा दरखाने कार्यक्रम, एकल तथा सामुहिक नृत्य प्रस्तुती, नेपाली लोक साँस्कृतिक लयमा तिजको प्रस्तुती रहने छ ।  तिज कार्यक्रम तोकिएको सममा शुरु हुने भएकाले १५ मिनेट अघि उपस्थित भई दिन हुन समाजले नेपाली समुदायलाई आग्रह गरेको छ ।

तिज बिशेष कार्यक्रम
मिति ः २१ अगस्ट २०२२
समय ः दिउसो १ बजे देखि बेलुकी ८ बजेसम्म ( 3: 00PM Appetizer, 6:00 PM Dinner, 8:00 PM  Desserts with fun)
स्थान ः 1800 Valley  View Lane # 104 , Irving Texas  75061 (Curry  Leaf Restaurant Bar & Banquet)
प्रबेश शुल्क ः प्रतिब्यक्ति २० डलर

नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्र टेक्सास : नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्र टेक्सासले तीज पर्बको अवसरमा दरखाने कार्यक्रम तथा तीज कार्यक्रमको आयोजना गर्ने भएको छ । कार्यक्रम निम्न मिति समय र स्थानमा हुने आयोजकहरुले जानकारी दिएका छन ।

मितिः August 20, Saturday,  समयः बिहान ११ देखि ५ बजे सम्म,   स्थानः  NCSC Hall ( नेपाली मन्दिर नेपाली मन्दिर (पशुपति नाथ तथा बुद्ध मन्दिर)

सुदूरपश्चिम नेपाली समाज टेक्सास : अमेरिकाको टेक्सासमा रहेका सुदूरपश्चिमेली समुदायले यस बर्षपनि गौरा पर्व धुमाधामका साथ मनाउने भएका छन ।
टेक्सासका बिभिन्न क्षेत्रमा रहेका सुदूरपश्चिमेलीहरु एकै ठाउँमा उपस्थित भएर गौरापर्ब मनाउनका लागि तयारी थालिएको सुदूरपश्चिम नेपाली समाज टेक्सासका अध्यक्ष नवराज योगीले जानकारी दिनु भयो ।
अध्यक्ष योगीका अनुसार आगामी सेप्टेम्बर ४ आईतबारका दिन टेक्सासको अर्भिङमा रहेको पशुपति नाथ तथा बुद्ध मन्दिरमा सुदूरपश्चिमेलीहरु उपस्थित भएर गौरा पर्ब मनाईने छ । गौरा पर्बको अवसरमा सेप्टेम्बर ४ आईतबार बिहान ८ बजे देखि १२ बजे सम्म गौरादेबीको पूजाआजा, १२ बजे देखि डेउडा कार्यक्रम सन्चालन गरिने छ ।
सोही दिन मेरिल्याण्ड राज्यको बालटिमोरमा आयोजना गरिएको अन्तरराज्य भलिवल प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने सुदूरपश्चिम नेपाली समाजका खेलाडीहरुलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको अध्यक्ष योगीले बताउनु भयो ।
यसअघि पनि सुदूरपश्चिम नेपाली समाज टेक्सासले सुदूरपश्चिममा मनाईने प्रमुख चाडपर्ब मनाउदै आएको छ ।

Leave A Reply

Your email address will not be published.