घण्टेश्वर अनलाईन
टेक्सास अमेरिका
अमेरिकाको टेक्सास स्थित नेपाली भाषामा अध्ययन गराईने ग्लोवल पाठशालामा नयाँ भर्ना लिन शुरु गरिएको छ । नेपाली समाज टेक्सासद्वारा सन्चालित नेपाली भाषाको पाठशालामा अगस्त २७ देखि डिसेम्बर ४ सम्म “फल सेसन” सञ्चालन हुनेछ ।
प्रवासमा रहेका बालबालिकाहरुलाई नेपाली भाषा, कला, साहित्य, संस्कृति, योग–ध्यान, कम्युटर कोडिङ, पारिवारिक आर्थिक समृद्धि एवम् नेतृत्व विकास लगायतका विभिन्न विषयहरुमा पठनपाठन गराईने नेपाली पाठशाला टेक्सासका कोरर्डिनेटर भोजबहादुर बलायरले जानकारी दिनु भयो । नेपाली पाठशाला टेक्सासका शिक्षक समेत रहेका बलायरका अनुसार पाठशालमा सिकारु केन्द्रित अन्तरक्रियात्मक एवं परियोजना कार्यमा आधारित सिकाइ ढाँचा र नेपाली अक्षर सिकाइदेखि हाम्रा हजुरबा हजुआमाका कथाहरु जस्ता बिषयबस्तुबाट बालबालिकाहरुलाई नेपालसँग प्रत्यक्षरुपमा जोड्ने अभ्यासात्मक क्रियाकलाप गराइन्छ ।
“अनलाईन” र “फेस–टु–फेस” माध्यमबाट गरिने ग्लोवल पाठशालामा नेपाली समुदायका अभिभावकहरुले आफूलाई पायक पर्ने समयमा हप्तामा एक वा दुई दिन आफूलाई मिल्ने एक–डेढ घन्टाको कक्षाहरुमा एकदमै न्यूनतम (नाम मात्रको) शुल्क तिरेर भर्ना गर्न सक्ने छन ।
नेपाली समाज टेक्सासद्वारा सन्चालित ग्लोवल पाठशाला भएकाले अमेरिकाका बिभिन्न राज्य तथा अन्य देशका नेपाली समुदायका बालबालिकाहरुले पनि अनलाईन मार्फत भर्ना भई पाठशालामा अध्ययन गर्न सक्ने बलायरले बताउनु भयो ।
प्रवासमा जन्मेका र हुर्केका वालवालिकाको आवश्यकतामा आधारित पाठ्यक्रम ढाँचा र पाठ्यपुस्तक समेत निर्माण गरिएकाले ग्लोबल नेपाली पाठशालाले भावीपुस्तालाई नेपाली भाषा, कला, संस्कृति आदिबाट प्रवासमा आफ्नो पहिचान स्थापित गराई नेपालीपनसँग जोड्ने सहयोग गर्ने अपेक्षा गरिएको नेपाली समाज टेक्सासले जनाएको छ ।
नेपाली भाषाको ग्लोबल पाठशालामा भर्ना हुन ईच्छुुक अभिभावकहरुले निम्न लिँकमा क्लिक गरेर आफ्ना वालवालिकालाई भर्ना गर्नको लागि नेपाली समाज टेक्सासले सबै अभिभावकहरुलाई आग्रह गरेको छ ।
(28) How to Register into NST Global Nepali School Classes – YouTube