घण्टेश्वर अनलाईन
टेक्सास अमेरिका
टेक्ससको अर्भिङस्थित नेपाली मन्दिरमा आईतबार आयोजना गरिएको नि:शुल्क स्वास्थ्य शिविरबाट नेपाली समुदायहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन ।
नेपाली साँस्कृतिक तथा आध्यात्मिक केन्द्र र नेपाली समाज टेक्ससको विशेष सहयोगमा हिमालय हेल्थ क्लिनिक र टेक्सस नेपलिज मेडिकल एसोसिएसनद्धारा आयोजना गरिएको स्वास्थ्य शिबिरमा करिब एक सय जनाको नि:शुल्क स्वास्थ्य जाँच गरिएको थियो ।
शिविरमा स्वास्थ्य जाँच गराउनेहरू अग्रिम रजिस्टर गरेका ५६ जना थिए भने सिधै गएर जाँच गराउने ४४ जना रहेका थिए । उक्त स्वास्थ्य शिबिरमा विशेषगरी नेपालबाट भिजिटिङ भिसामा अमेरिका आउनुभएका बुबा–आमालगायत विद्यार्थी एवम् विविध कारणवश हेल्थ इन्स्योरेन्स नभएका व्यक्तिहरु बढी लाभान्वित भएको हिमालय हेल्थ क्लिनिक एवम् टेक्सस नेपलिज मेडिकल एसोसिएसनका चेयरमेन डा. सञ्जीव श्रेष्ठले जानकारी दिनु भयो ।
सो शिविरमा होमिग्लोबिन ए१सी टेस्ट (डाइबिटिज स्क्रिन र मोनिटोरिङ), ब्लड प्रेसर, ब्लड सुगर, वेट चेकका साथै मेडिकल र डेन्टल परीक्षण नि:शुल्क गरिएको थियो भने ल्याब टेस्ट गर्नुपरेमा टेस्टका आधारमा न्यूनतम ल्याब खर्च वाफत २० डलर शुल्क निर्धारण गरिएको थियो ।
ूधयचपष्लन तयनभतजभच ायच जभबतिजथ अयmmगलष्तथू नाराका साथ हिमालयन हेल्थ क्लिनिकले नि:शुल्क रुपमा मेडिकल चेकअप, डेन्टल चेकअप, मेडिकल एवम् डेन्टलसम्बन्धी परामर्श, डाइबिटिज स्क्रिनिङ, स्क्रिनिङ ल्याबोरेटोरी टेस्ट, भ्याक्सिनलगायत सेवाहरू उपलब्ध गराएको थियो ।
टेक्ससको अर्भिङमा रहेको नेपाली मन्दिर युलेसमा स्थानान्तरण भएपछि मासिक रूपमा नि:शुल्क स्वास्थ्य क्लिनिक सञ्चालन गर्ने गरि योजना बनाईएको हिमालय हेल्थ क्लिनिक एवम् टेक्सस नेपालिज मेडिकल एसोसिएसनले जनाएको छ ।