तीजको अवसरमा कृष्ण भजनको म्युजिक भिडियो सार्बजनिक

घण्टेश्वर अनलाईन
टेक्सास अमेरिका
हिन्दु नेपाली महिलाहरुको महान पर्ब कृष्ण जन्माष्टमी तथा हरितालिका तीजको अवसरमा नेपाली भाषामा निर्मित कृष्ण भजनको म्युजिक भिडियो सार्बजनिक गरिएको छ ।
उक्त कृष्ण भजनमा अमेरिका टेक्सास राज्यको फोर्टवर्थ केलर निवासी डम्बर थापाको शब्द रचना, स्वर बिष्णु अधिकारी, सँगीत आदर तुम्बाको रहेको छ भने सँगीत सँयोजन आकाश गौतमले गर्नु भएको छ ।
प्रवासमा नेपाली धर्म सँस्कृतिको जगेर्ना गर्ने उद्देश्यले निर्माण गरिएको कृष्ण भजन नेपाली समुदायलाई लक्षित गरि निर्माण गरिएको हो । यसले प्रवासमा नेपाली धर्म सँस्कृतिलाई पुस्तान्तरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको थापाले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.