घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
अमेरिकाको टेक्सासमा पहिलो पटक नेपाली समुदायका वालवालिकाका बिचमा यही सेप्टेम्बर ३ शनिबारका दिन SPELLING BEE प्रतियोगिता आयोजना हुने भएको छ ।
नेपाली समुदायका वालवालिकाहरुमा क्षमता बिकास, ब्यक्तित्व विकास, एक आपसमा भातृत्वको विकास गराउन सहयोग गर्ने उद्देश्यले गैरआवासिय नेपाली सँघ, राष्ट्रिय समन्वय परिषद अमेरिका टेक्सास च्याप्टरले उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो ।
हामीले टेक्सासका बिभिन्न शहरबाट नेपाली समुदायका वालवालिकाहरुलाई अन्तिम प्रतिष्पर्धाका लागि १६ जना सहभागि छनौट गरेका छौं । छनौट भएका सहभागिका बिचमा शनिबार अन्तिम प्रतिष्पर्धा हुँदैछ, टेक्सास च्याप्टरका अध्यक्ष सोफिन थापाले बताउनु भयो ।
अध्यक्ष थापाका अनुसार टेक्सासका बिभिन्न बिद्यालयमा अध्ययनरत कक्षा १ देखि ८ सम्मका बिद्यार्थीहरु बिचमा अन्तिम प्रतिष्पर्धा हुँदैछ । युलेस स्थित लाईव्रेरीको सभाकक्षमा आयोजना हुन लागेको अन्तिम प्रतिष्पर्धामा प्रथम हुनेलाई १ हजार पाँच सय डलर, दोश्रो हुनेलाई १ हजार डलर, तेश्रो हुनेलाई ५ सय र चौथो हुनेलाई २ सय डलर र प्रमाण पत्र प्रदान गरिने टेक्सास च्याप्टरले जनाएको छ ।
गैरआवासिय नेपाली सँघ, राष्ट्रिय समन्वय परिषद अमेरिका टेक्सास च्याप्टरले यसअघि पनि बिभिन्न रचनात्मक कार्यक्रमहरु सन्चालन गर्दै आएको छ ।