
घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
अमेरिकाको टेक्सास राज्यमा रहेका सुदूरपश्चिमेलीहरुले यसपालीको गौरा पर्ब २ दिन सम्म मनाउने भएका छन । गौरा पर्बको लागि आबश्यक तयारी अन्तिम चरणमा पुगेको सुदूरपश्चिम नेपाली समाज टेक्सासका अध्यक्ष नवराज योगीले जानकारी दिनु भयो ।
अध्यक्ष योगीका अनुसार यही सेप्टेम्बर ३ शनिबारका दिन टेक्सासको राजधानी अस्टिन स्थित ग्रेटर अस्टिन नेपाली समाजको सामुदायिक भवनमा र सेप्टेम्बर ४ आईतबार अभिङ स्थित पशुपति नाथको मन्दिरमा गौरा पर्ब मनाउने कार्यक्रम रहेको छ । गौरा पर्बको अवसरमा गौरादेबीको पूजाआजा, गौरा खेल तथा डेउडा कार्यक्रम आयोजना गरिने छ ।
गौरा पर्ब सुदूरपश्चिमेलीहरुको मौलिक पर्ब भएकाले कार्यक्रममा सहभागिताको लागि टेक्सासमा रहेका सुदूरपश्चिमेलीहरुलाई सार्बजनिक निमन्त्रणा गरिएको अध्यक्ष योगीले बताउनु भयो ।
गौरापर्बको अवसरमा सुदूरपश्चिम नेपाली समाज टेक्सासले लुम्बिनी समाजसँग मिलेर सेप्टेम्बर ४ का दिन नेपाली मन्दिर अर्भिङमा रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको समेत समाजले जनाएको छ ।