सुदूरपश्चिम नेपाली समाज कोरियाको १६ औं वार्षिक साधारण सभा हुने

घण्टेश्वर अनलाईन
सौल/ दक्षिण कोरिया
सुदूरपश्चिम नेपाली समाज कोरियाको १६ औं वार्षिक साधारण सभा तथा अधिबेशन यही सेप्टेम्बर १० शनिबार सम्पन्न हुने भएको छ । दक्षिण कोरियामा रहेका सुदूरपश्चिमेलीहरुको सँस्था सुदूरपश्चिम नेपाली समाजको सिओलमा आयोजना हुने वार्षिक साधारण सभाले सँस्थाको प्रगति तथा आर्थिक प्रतिबेदन पारित गनर्’का साथै नयाँ नेतृत्व समेत चयन गर्ने समाजका अध्यक्ष यज्ञमान नायकले जानकारी दिनु भयो ।
“एकता, सहयोग, सद्भाव र भाइचाराको आवाज, सेवा र सहयोगका लागि सुदूरपश्चिम नेपाली समाज” भन्ने नाराका साथ आयोजना हुन लागेको वार्षिक साधारण सभामा नयाँ नेतृत्व चयनका लागि पूर्ब अध्यक्ष कमलबहादुर शाहीको अध्यक्षतामा निर्बाचन समिति समेत गठन गरिएको छ । भने साधारण सभाका लागि आबश्यक तयारी तिब्र रुपमा भईरहेको समाजले जनाएको छ ।
बि.सं. सन् २००५ को सेप्टेम्बर १९ तारिखमा चक्रबहादुर बलायरको अध्यक्षता तदर्थ समिति गठन भई सुदूरपश्चिम नेपाली समाज कोरिया स्थापना भएको थियो । कोरियामा रहेका सुदूरपश्चिमेलीहरुको साझा सँस्थाको रुपमा स्थापित भई सामाजिक तथा मानवीय सेवा सहयोगका कार्यहरू गर्दै आइरहेको छ ।
सुदूरपश्चिम नेपाली समाज कोरियाले कोरियामा रहेका सुदूरपश्मिेलीहरु मत्र नभएर नेपालमा सुदूर पश्चिमका बिभिन्न जिल्लामा वेलावेलामा हुने दुर्घटना, बाढी पहिरो, आगलागी, भूकम्प, सरुवा रोग महामारी जस्ता विपत्तिमा समेत सहयोग सँकलन गरेर सहयोग गर्दै आएको समाजले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.