टेक्सासको युलेसमा स्पिलिङ बी प्रतियोगिताका बिजेतालाई पुरुस्कार वितरण

घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
टेक्सासको युलेसमा आज आयोजना गरिएको स्पिलिङ बी प्रतियोगिताका बिजेतालाई पुरुस्कार तथा प्रमाण पत्र बितरण गरिएको छ ।
गैरआवासिय नेपाली सँघ, राष्ट्रिय समन्वय परिषद अमेरिका टेक्सास च्याप्टरद्वारा युलेस सिटी लाईव्रेरीमा स्पिलिङ बी प्रतियोगिताकोे अन्तिम प्रतिष्पर्धा कार्यक्रम आयोजना गरेको थियो ।
अमेरिकाको टेक्सासमा पहिलो पटक नेपाली समुदायका वालवालिकाका बिचमा आयोजना गरिएको अन्तिम प्रतिष्पर्धा कार्यक्रममा बिभिन्न शहरबाट छनौट गरिएका कक्षा १ देखि ८ सम्मका १६ जना बिद्यार्थीहरु सहभागि भएका थिए ।
आज सम्पन्न भएको प्रतिष्पर्धामा अभिक ज्ञवाली प्रथम, नमन बिष्ट द्वितीय, ईपसिट आचार्य तृतीय र आर्यान खनाल चौथो भएका थिए । युलेस स्थित लाईव्रेरीको सभाकक्षमा आयोजना गरिएको स्पिलिङ बी प्रतियोगिताकोे अन्तिम प्रतिष्पर्धामा प्रथम हुनेलाई १ हजार पाँच सय डलर, दोश्रो हुनेलाई १ हजार डलर, तेश्रो हुनेलाई ५ सय र चौथो हुनेलाई ३ सय डलर र प्रमाण पत्र प्रदान गरिएको टेक्सास च्याप्टरका अध्यक्ष सोफिन थापाले जानकारी दिनु भयो ।
कार्यक्रममा सहभागि भएका विद्यार्थीहरुले कार्यक्रम निकै उपयोगी र फलदायी भएको र यसलाई निरन्तरता दिईनु पर्ने बताएका थिए ।
अध्यक्ष थापाका अनुसार नेपाली समुदायका वालवालिकाहरुमा क्षमता बिकास, ब्यक्तित्व विकास, एक आपसमा भातृत्वको विकास गराउन सहयोग गर्ने उद्देश्यले गैरआवासिय नेपाली सँघ, राष्ट्रिय समन्वय परिषद अमेरिका टेक्सास च्याप्टरले उक्त प्रतियोगिता आयोजना गरेको थियो ।
कार्यक्रममा युलेस सिटी काउन्सिल सदस्य टीका पौडेल, गैरआवासिय नेपाली सँघ, राष्ट्रिय समन्वय परिषद अमेरिका टेक्सास च्याप्टरका अध्यक्ष सोफिन थापा लगायतका बक्ताहरुले बोल्नु भएको थियो ।

फोटो : युएस खबरको फेसबुक वालबाट

llc

Leave A Reply

Your email address will not be published.