रिपोटर्स क्लब नेपाल अमेरिका शाखाले अनलाईन पत्रिका सन्चालनमा ल्याउने

llc

घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
नेपालको चर्चित सन्चार सँस्था रिपोटर्स क्लब नेपालको अमेरिका शाखाले न्यूज पोर्टल (अनलाईन पत्रिका) सन्चालनमा ल्याउने भएको छ ।
क्लबको अमेरिका शाखाको सोमबार सम्पन्न बैठकले निकट भबिष्य मै अनलाईन पत्रिका सन्चालनमा ल्याउने निर्णय गरेको हो ।
हामी प्रवासमा बसेर पत्रकारिता गरिहेका छौं । क्लबको अमेरिका शाखाले सन्चालन गर्न लागेको न्यूज पोर्टल( अनलाईन पत्रिका) प्रवासी नेपालीहरुलाई नेपालसँग जोड्न सहयोग गर्ने छ, रिपोटर्स क्लब नेपाल अमेरिका शाखाका अध्यक्ष किसन रेग्मीले बताउनु भयो ।
अध्यक्ष रेग्मीका अनुसार www.reportersclubamerica.com अनलाईन पत्रिकाको लागि प्रधान सम्पादकमा अनिता आचार्य र सम्पादकमा प्रसन्न ढुँगानालाई नियुक्त गरिएको छ ।
रेग्मीका अनुसार नेपाली भाषामा सन्चालनमा ल्याईने उक्त अनलाईन पत्रिकामा नेपालका समाचार सामग्रीका अतिरिक्त प्रवासी नेपालीका सवालहरु, प्रवासी नेपालीका गतिबिधीहरु लगायतका समाचार सामग्रीहरु, श्रब्य दृष्य सामग्रीहरु समाबेश गरिने छन ।
यस अघि रिपोटर्स क्लब नेपाल अमेरिका शाखाले साक्षात्कार कार्यक्रम सन्चालन गर्दै आएको छ । रिपोटर्स क्लब नेपालको पहिलो प्रवास शाखाको उद्घाटन गर्न केन्द्रीय अध्यक्ष ऋषि धमला दशै अघि अमेरिकाको टेक्सास आउने कार्यक्रम रहेको अध्यक्ष रेग्मीले जानकारी दिनु भयो ।

Leave A Reply

Your email address will not be published.