भोली सेप्टेम्बर १० मा टेक्सासको अर्लिङटनमा फण्डरेजिङ गाला कार्यक्रम हुने

५ सय होमलेसहरुलाई सिल्पिङ व्याग र सिरानी सहयोग गर्ने लक्ष्य

घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
अमेरिकाको टेक्सासमा स्थापित मानव सेवामा कार्यरत गैरसरकारी सँस्था एच.डि.एन.पी. अन्तराष्ट्रियले स्थापनाको १० बर्ष पूरा गरेको छ । सँस्थाले सेप्टेम्बर १० शनिबारका दिन स्थापनाको १० औं वार्षिकोत्सब टेक्सासको अर्लिङटनमा फण्डरेजिङ गाला कार्यक्रम आयोजना गरिएको मनाउदैछ ।
स्थापनाकाल देखि मानव सेवामा समर्पित एच.डि.एन.पी.अन्तराष्ट्रियले कम्तीमा ५ सय जना होमलेसहरुलाई चिसो मौसममा ओढ्ने लुगा(सिल्पिङ व्याग र सिरानी) सहयोग गर्ने लक्ष्यका साथ फण्डरेजिङ गालाको आयोजना गर्न लागेको सँस्थाका प्रमुख देबी डेभिड आचार्यले बताउनु भयो ।
कार्यक्रममा फण्डरेजिङको लागि ५० डलर र १०० डलरको टिकटको व्यवस्था गरिएको र टिकट खरिद गरेर सहयोग गर्नका लागि प्रमुख आचार्यले नेपाली समुदाय तथा अमेरिकन समुदायलाई आह्वान गर्नु भएको छ । फण्डरेजिङ गाला कार्यक्रमबाट सँकलित रकमबाट आगामी ख्रिष्टमस भन्दा अघिल्लो दिन घरवार विहिनहरुलाई चिसो मौसममा ओढ्ने लुगा (सिल्पिङ व्याग र सिरानी) बितरण गरिने एच.डि.एन.पी. अन्तराष्ट्रियले बताएको छ ।
गाला कार्यक्रम 808 SW GREEN OAK BLVD Arilington Texas 76017 मा आयोजना हुने र सहभागिहरुलाई डिनर तथा कार्यक्रममा आकर्षक साँस्कृतिक कार्यक्रम लगायतका आकर्षक कार्यक्रमहरु प्रस्तुत गरिनेछ । यो नितान्त मानविय कार्य हो । तपाई हाम्रो सानो सहयोगले घरवारबिहिनहरुको लागि ठूलो राहात हो । समयमै टिकट खरिद गरेर आफ्नो सिट सुरक्षित गर्न सो सँस्थाले आग्रह गरेको छ ।
एच.डि.एन.पी. अन्तराष्ट्रियले हरेक बर्ष होमलेस(घरवार विहिन) समुदायलाई लुगा सहयोग तथा खाना सहयोग गर्दै आएका छन । साथै अमेरिकामा अर्थ सँकलन गरेर बेलाबेलामा नेपाल तथा अफ्रिकाको घानाको समुदाय स्तरमा समेत सहयोग गर्दै आएका छन ।

Leave A Reply

Your email address will not be published.