टेक्सासको अर्भिङमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १३ जनाद्वारा रक्तदान

घण्टेश्वर अनलाईन
टेक्सास अमेरिका
टेक्सासको अर्भिङ स्थित पशुपति नाथ तथा बुद्ध मन्दिरमा सेप्टेम्बर ४ आईतबार आयोजना गरेको रक्तदान कार्यक्रममा १३ जना रक्तदाताले रक्तदान गरेका छन ।
ब्लड डोनर्स अफ अमेरिका, लुम्बिनी सेवा समाज अमेरिका तथा सुदूरपश्चिम नेपाली समाज टेक्सासको सँयुक्त आयोजनामा गरिएको रक्तदान कार्यक्रममा कुल २० जनाले रक्तदानको लागि नाम दर्ता गराएपनि १३ जना मात्रै रक्तदानको लागि योग्य देखिएको लुम्बिनी सेवा समाजका अध्यक्ष जगदिशप्रसाद न्यौपानेले जानकारी दिनु भयो ।
पुशपतिनाथ तथा बुद्ध मन्दिरमा सुदूरपश्चिम नेपाली समाजले आयोजना गरेको गौरा कार्यक्रमको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

 

 

Leave A Reply

Your email address will not be published.