सुदूरपश्चिम समाज दक्षिण कोरियाको नयाँ नेतृत्व चयन

घण्टेश्वर अनलाईन
कोरिया
सुदूरपश्चिम समाज दक्षिण कोरियाको १६ औं साधारण सभा नयाँ नेतृत्व चयन गर्दै शनिबार सम्पन्न भएको छ ।
साधारण सभाबाट सर्ब सहमत चयन भएको नयाँ नेतृत्वमा अध्यक्षमा सन्तोष सुवर्णकार, बरिष्ठ उपाध्यक्ष डिल्लीराज पनेरु, उपाध्यक्षहरु क्रमस : टेकराज पनेरु, मदन ढकाल, भिमबहादुर जाग्री, महासचिब बिर भण्डारी, सचिबमा क्रमस : बिक्रम जोशी र रविन रिजाल, कोषाध्यक्ष टँकेश्वर खड्का र सहकोषाध्यक्ष दिल बोहरा रहेका छन ।
यसै गरि सदस्यहरुमा क्रमस : ओम साउँद, तीर्थराज पनेरु, प्रेमबहादुर खड्का, टेकराज ओझा, योगेश बोहरा, बसन्त बोहरा, अमर भट्ट, मानबहादुर बिष्ट र बिकास बोहरा निर्बाचित भएको समाजले जनाएको छ ।
साधारण सभाले जिल्ला अनुसार सँयोजकहरु पनि चयन गरेको छ । जिल्ला सँयोजकहरुमा क्रमस : भोजबहादुर चन्द(कंचनपुर), नेत्रबहादुर कुँवर (डोटी ), दशरथसिह पाली(डडेलधुरा), समीर रावल (अछाम), देवेन्द्र क्षेत्री (दार्चुला ) र डबल चन्द (बैतडी )रहेका छन ।
सुदूर पश्चिम समाज दक्षिण कोरियाको १६ औं साधारण सभाको लागि प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सफलताको कामना सहित शुभकामना सन्देश पठाउनु भएको थियो ।

 

Leave A Reply

Your email address will not be published.