घरवार विहिनलाई सहयोगको लागि टेक्सासको अर्लिङटनमा भब्य गाला कार्यक्रम

कार्यक्रमबाट २३ हजार बढी डलर रकम सँकलन

घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
घरबार बिहिनलाई सहयोग गर्न एचडिएनपी अन्तर्राष्ट्रियद्वारा शनिबार आयोजना गरिएको (कोष बृद्धि कार्यक्रम) गाला कार्यक्रम टेक्सासको अर्लिङटनमा सम्पन्न भएको छ । गाला कार्यक्रमबाट २३ हजार ८ सय ३३ डलर संकलन भएको सो सँस्थाका प्रमुख देबी डेभिड आचार्यले जानकारी दिनु भयो ।
आचार्यका अनुसार टेक्सासका कम्तीमा पनि ५ सय घरवार बिहिनहरुलाई चिसो मौसमको लागि सिल्पिङ व्याग र सिरानी सहयोग गर्ने लक्ष्यका साथ हामीले गाला डिनर कार्यक्रमको आयोजना गरिएको थियो । इन्डो पाक ब्याङ्गक्वेट (भोज )कक्षमा आयोजना गरिएको कार्यक्रमबाट अपेक्षा गरेको भन्दा बढी सहयोग रकम जम्मा भएको छ ।
उक्त कार्यक्रममा बिशेष व्यक्तित्वहरुको शत्र ,रात्रिभोज ,विभिन्न राष्ट्रको प्रतिनिधित्व हुने गरि नृत्य र सङ्गीतको प्रस्तुति, लिलाम तथा पुरस्कार बितरण कार्यक्रम समेत गरिएको थियो । सँस्थाका प्रमुख देबी डेभिड आचार्यको अध्यक्षता तथा श्रुती उप्रेतीको सन्चालनमा सम्पन्न गाला कार्यक्रममा करिव नेपाली तथा अमेरिकन समुदायका करिब २ सय ७५ जनाको सहभागिता रहेको सो सँस्थाले जनाएको छ । कार्यक्रममा नेपाली समुदायका सामाजिक अभियन्ताहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो ।
समारोहमा विशिष्ट अतिथि नगर प्रमुख जिम रोस तथा लेह किंले पनि कार्यक्रमको महत्वको वारेमा बोल्नु एको थियो ।
हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ) सन् २०१२ मा अमेरिकी सरकारको गैर मुनाफा सामाजिक संस्थाको रुपमा दर्ता भएको थियो । एचडीएनपी इन्टरनेसनलको स्थापना र संचालन नेपाली समुदायका अगुवा तथा सामाजिक अभियन्ता देबी डेभिड आचार्य लगायतले गरेका हुन् ।

अर्थ सँकलन कार्यक्रम

              कार्यक्रममा सहभागिहरु

             कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्दै सँस्थाका प्रमुख देबीडेभिड आचार्य

गाला डिनर कार्यक्रममा सहभागिहरु

Leave A Reply

Your email address will not be published.