एचडिएनपी ईन्टरनेशनलद्धारा शनिबार अर्लिङटनमा रक्तदान कार्यक्रमको आयोजना गरिने

घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
बिगत एक दशक देखि मानव सेवाको क्षेत्रमा सकृय एचडिएनपी ईन्टरनेशनलले आउदो शनिबार टेक्सासको अर्लिङटन सिटीमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
यही सेप्टेम्बर महिनाको १७ शनिबारको दिन अर्लिङटनमा रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको सो सँस्थाका प्रमुख देबीडेभिड आचार्यले जानकारी दिनु भयो ।
यो बिशुद्ध मानव सेवाको कार्य हो । हरेक २ सेकेन्डमा कसैलाई रगतको आबश्यकता भईरहेको हुन्छ । रक्तदान गरेर जीवन बचाउने कार्यमा सहभागि हुन प्रमुख आचार्यले सबै नेपाली तथा अमेरिकन समुदायलाई आह्वान गर्नु भएको छ ।
रक्तदान कार्यक्रम अर्लिङटनको 4110 S Bowen RD Arilington, Texas 76016 मा बिहान १० बजे देखि दिउसो ३ बजे सम्म सन्चालन हुने एचडिएनपी ईन्टरनेशनलले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.