लुम्बिनी सेवा समाज अमेरिकाको दोश्रो वार्षिक साधारण सभा सम्पन्न

All time tax

घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
अमेरिकाको टेक्सासमा स्थापित लुम्बिनी सेवा समाज अमेरिकाले आईतबार दोश्रो साधारण सभा सम्पन्न गरेको छ । अर्भिङ स्थित करि लिफ रेष्टुरेन्टको सभाहलमा सम्पन्न साधारण सभामा समाजका आजीवन तथा साधारण सदस्यहरु, सरोकारवालाहरुलाई सँस्थाले गरेका गतिबिधीहरु, आर्थिक अवस्थाको जानकारी तथा आगामी बर्षको योजनाको वारेमा जानकारी गराईएको थियो ।
स्थापनाकाल देखि समाजले नेपाली कला सँस्कृतिको सँरक्षण सम्बद्र्धनका साथै बिभिन्न रचनात्मक, सेवामूलक कार्यक्रमहरु गर्दै आएको छ भने नेपालमा पनि बिभिन्न सेवामूलक कार्यक्रमहरु गर्दै आएको छ ।
समाजले नेपाली समुदायका बिचमा देउसी भैलो कार्यक्रम, अनलाईन योग साधना प्रशिक्षण कार्यक्रम, रक्तदान कार्यक्रम, स्थानीय पार्क सरसफाई, कलाकारहरुलाई सम्मान, वाक फर नेपाल कार्यक्रममा सहभागिता, समाजका पूर्व कानुनी सल्लाहकारलाई स्वास्थ्य लाभको कामनार्थ महामृत्युन्जय पाठ तथा आर्थिक सहयोग, ए न ए कन्भेन्सन कार्यक्रममा सहभागिता जनाएको अध्यक्ष जगदसिप्रसाद न्यौपानेले जानकारी दिनु भयो ।
समाजले तीज विशेष कार्यक्रम, भगवान श्री सत्यनारायण को पूजा आराधना, समाजको आफ्नै भजन मण्डलि द्वारा भजन कीर्तन, विजया दशमी तथा शुभ दिपावली शुभकामना आदान–प्रदान कार्यक्रम तथा नेपालमा अनाथ बालबालिकालाई शैक्षिक सहयोग, अनाथ बालबालिकालाई भोजन सहयोग, योग साधना प्रशिक्षण कार्यक्रम, गरिब तथा विपन्न बालबालिकाहरुलाई सहयोग गर्न देवदह नगरपालिकाको चरङ्गे सिता माबिमा रू ५ लाख रकमको कमल शर्मा स्मृति अक्षयकोषको स्थापना गरिएको समाजले जनाएको छ ।
लुम्बिनी सेवा समाज अमेरिकाको दोश्रो वार्षिक साधारण सभामा प्रमुख अतिथी युलेस सिटी काउन्सिल सदस्य टीका पौडेलले प्रवासको व्यस्त जीवनशैलीका बिचमा पनि समाजले सम्पन्न गरेका कामहरुको मुक्त कण्ठले प्रशँसा गर्नु भयो ।
पौडेलले नेपालीहरु सँसारको जूनसुकै स्थानमा भएपनि एकताबद्ध भएर समुदायको सेवामा समर्पित हुन्छन भन्ने उदाहरण लुम्बिनी सेवा समाजले दिएको भन्दै अन्य समाजले पनि अनुसरण गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
समाजका अध्यक्ष जगदिसप्रसाद न्यौपानेको अध्यक्षता तथा सचिब शिबप्रसाद गैरेको सन्चालनमा सम्पन्न कार्यक्रममा समाजका आजीवन सदस्य मिना अधिकारी र आजीवन सदस्य समाजसेवी मोहन ज्ञवाली र कार्यसमिति सदस्य राधिका खराल लगायतका बक्ताहरुले बोल्नु भएको थियो । कार्यक्रममा समाजका कोषाध्यक्ष टंक अधिकारीले स्वागत मन्तब्य व्यक्त गर्नु भएको थियो ।
साधारण सभाको बन्द शत्रमा समाजका अध्यक्ष जगदिसप्रसाद न्यौपानेले प्रस्तुत गर्नु भएको अध्यक्षको प्रतिबेदन, महासचिव युधिष्ठिर नेपालले प्रस्तुत गर्नु भएको वार्षिक प्रतिवेदन तथा सह कोषाध्यक्ष सरिता शर्माले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदनलाई पारित गरिएको थियो ।
नेपालको लुम्बिनी आसपासका क्षेत्रमा घर भई हाल टेक्सासको ड्यालस फोर्टवर्थ क्षेत्रमा बसोवास गरिरहेका अगुवा सामाजिक अभियन्ताहरुको पहलमा सन २०१९ मा लुम्बिनी सेवा समाज स्थापना भई कानूनी रुपमा दर्ता भएको थियो । हाल समाजमा कुल १ सय २६ जना सदस्य आबद्ध रहेका छन ।

 

Leave A Reply

Your email address will not be published.