अमेरिकाको टेक्सासमा पनि मनाईयो थारु समुदायको जितिया पर्ब

घण्टेश्वर अनलाईन
टेक्सास अमेरिका
अमेरिकाको टेक्सासमा रहेका थारु समुदायले जितिया पर्ब धुमधामसँग मनाएका छन ।
टेक्सासमा पहिलो पटक गठन भएको टेक्सास थारु सोसाईटीको आयोजनामा जितिया पर्ब मनाईएको हो । उक्त अवसरमा थारु समुदायले एकै स्थानमा जम्मा भएर भेटघाट तथा शुभकामना आदानप्रदान गरेका थिए ।
पछिल्लो समयमा टेक्सासमा थारु समुदायको बसोवास बाक्लो हुँदै गएको छ । थारु समुदायले थारु समुदायका बिचमा एकता, भातृत्वको विकास गर्न र प्रवासमा थारु समुदायको सँस्कृतिको सँरक्षण गर्ने उद्देश्यमा साथ टेक्सास थारु सोसाईटी गठन गरिएको टेक्सास फोर्टवर्थका रामकुमार चौधरीले बताउनु भयो ।
चौधरीका अनुसार जितिया पर्व तराईमा मनाईने सांस्कृतिक पर्वमध्येको एउटा महत्वपूर्ण पर्व हो । जितिया पर्बलाई आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तराईमा तीन दिनसम्म हर्षोल्लासका साथ मनाइन्छ । पुत्रको सुखशान्ति र चिरायुका लागि महिलाले उपवास र पूजा गरेर यो पर्व मनाउने चलन रहेको छ ।

बिगतका बर्षमा कोरोेनाका कारण जितिया पर्बलाई हरेकले परिवारजनका बिचमा मनाउने गरिएकोमा यो वर्ष कोरोनाको प्रभाव बिगतको तुलनामा सामान्य बन्दै गएपछि सामुहिक रुपमा मनाईएको सोसाईटीकी महासचिब गिता महतोले जानकारी दिनु भयो । जितिया पर्बको अवसरमा थारु महिलाहरु आफ्नै मौलिक थारु पोसाक र गहनामा सजिएर आएका थिए ।
जितिया पर्बको अवसरमा झाम्टा नृत्य तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । प्रवासमा थारु सँस्कृतिको जगेर्ना गर्न, थारु सँस्कृतिलाई दोश्रो पुस्तामा हस्तान्तरण गर्नमा लागि थप व्यवस्थित रुपमा मनाईने सोसाईटीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.