टेक्सासको अर्लिङटनमा १४ जना रक्तदाताले रक्तदान गरे

घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
बिगत एक दशक देखि मानविय सेवामा कृयाशिल गैरसरकारी सँस्था एचडिएनपी ईन्टरनेशनलद्धारा आयोजना गरिएको रक्तदान कार्यक्रम शनिबार अर्लिङटनमा सम्पन्न भएको छ ।
उक्त रक्तदान कार्यक्रममा रक्तदान गर्न योग्य १४ जनाले रक्तदान गरेको सँस्थाका प्रमुख देबीडेभिड आचार्यले जानकारी दिनु भयो ।
रक्तदान गर्नु भनेको जीवनदान जस्तै हो । हरेक २ सेकेन्डमा कसैलाई रगतको अभाव भईरहेको हुन्छ । रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रमको आयोजना गरिएको एचडिएनपी ईन्टरनेशनलले जनाएको छ ।
एचडिएनपी ईन्टरनेशनलद्धारा आयोजना गरिएको यो ४९ औ रक्तदान कार्यक्रम भएको प्रमुख आचार्यले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.