
घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
यस बर्षको बडा दशैंको अवसरमा लुम्बिनी सेवा समाज अमेरिकाले बिभिन्न कार्यक्रमको आयोजना गर्ने भएको छ ।
समाजका अनुसार बडा दशैंको अवसरमा यही अक्टुवर २ आईतबारको दिन बिहान ९:३० बजे टेक्सासको अर्भिङ स्थित पशुपति नाथ तथा बुद्ध मन्दिरमा श्री सत्यनारायण भगवानको पूजा आराधना भजन किर्तन तथा महाप्रसाद वितरण कार्यक्रम आयोजना गरिने भएको छ ।
उक्त कार्यक्रममा कर्ता हुनको लागि प्रति परिवार शुल्क २० डलर तोकिएको र पूजा भजन कीर्तन श्रवण तथा महाप्रसाद ग्रहण गरी पुण्य प्राप्त गर्नुहुन समाजले सबैमा अनुरोध गरेको छ । श्री सत्यनारायण भगवानको पूजा आराधना भजन किर्तन तथा महाप्रसाद वितरण कार्यक्रम 2016 W Grauwyler Rd, Irving, TX 75061 नेपाली मन्दिरमा आयोजना हुने पूजा व्यवस्थापन समितिका सँयोजक नारायणी कंडेल गैरेले जानकारी दिनु भयो ।
यसैगरि समाजकै आयोजनामा बिजयादशमी, शुभ दीपावली, छठ २०७९ तथा नेपाल सम्वत ११४३ आगमनको पावन अवसरमा अक्टुवर ९ आईतबार दिउसो १ बजे भेटघाट तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरिने भएको छ ।
उक्त कार्यक्रममा नेपाली पन्चे बाजा, नेपाली लोक नृत्य सहित साँस्कृतिक कार्यक्रम, बिंगो, बालबालिका तथा बैश्यक सबैको लागि बिभिन्न प्रकारका प्रतियोगितात्मक खेलकुद, मनोरन्जनात्मक कार्यक्रमको आयोजना गरिनुका साथै दिवा भोजको समेत ब्यवस्था गरिएको कार्यक्रमका सँयोजक राधिका खरालले जानकारी दिनु भयो । 1951 Bear Creek Parkway, Euless Tx 76039 मा आयोजना हुने उक्त कार्यक्रम सबैलाई निशुल्क प्रबेश खुल्ला गर्ने निर्णय भएको समाजले जनाएको छ ।
लुम्बिनी सेवा समाज अमेरिकाले टेक्सासको स्थापनाकाल देखि डालस क्षेत्रमा बसोबास गर्ने लुम्बिनीबासीहरुलाई सँगठित गरि बिभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको छ ।