घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
नेपालको चर्चित सँस्था रिपोटर्स क्लब नेपालको अमेरिका शाखाले आजबाट रिपोटर्स क्लब अमेरिका डटकम(www.reportersclubamerica.com) नामक अनलाईन सँस्करण सन्चालनमा ल्याएको छ ।
अमेरिकामा रहेका नेपाली समुदायलाई लक्षित गरि सन्चालनमा ल्याईएको उक्त खबर पत्रिका नेपाल र अमेरिकाबाट एकसाथ सम्पादन हुने क्लबका अमेरिका शाखा अध्यक्ष किशन रेग्मीले जानकारी दिनु भयो ।
उक्त खबर पत्रिकाको रिपोटर्स क्लब नेपालका केन्द्रीय अध्यक्ष ऋषि धमलाले आज फुलपातीको अबसर पारी शुभारम्भ गर्नु भयो । खबर पत्रिकाको शुभारम्भ गर्दै अध्यक्ष धमलाले रिपोटर्स क्लब अमेरिका डटकम अनलाईन खबर पत्रिका अमेरिकामा रहेका नेपाली समुदायका माझमा लोकप्रिय बन्ने बिश्वास ब्यक्त गर्नु भयो ।
अमेरिकाको व्यस्त जीवनशैलीका बीचमा ब्यवसायिक पत्रकारिता गर्नु चुनौती रहेको बताउदै अध्यक्ष धमलाले क्लबको अमेरिका शाखाले गरेको प्रयासको मुक्तकण्ठले प्रशँसा गर्नु भयो । अनलाईन खबर पत्रिकामा नेपाली समुदायका गतिबिधीहरु, अमेरिकाको सामाजिक, आर्थिक, राजनैतिक, शैक्षिक क्षेत्रमा नेपाली समुदायले पुर्याएको योगदानका बिषयमा सामग्रीहरु समेट्दै नेपाल अमेरिका सम्बन्धलाई थप सुमधुर बनाउनु पर्नेमा अध्यक्ष धमलाको जोड थियो ।
अनलाईन खबर पत्रिकाको शुभारम्भ कार्यक्रममा क्लबका अमेरिका शाखाका अध्यक्ष किशन रेग्मीले अमेरिका शाखाका गतिबिधीहरु, अनलाईन खबर पत्रिकाका प्रधान सम्पादक अनिता आचार्यले अनलाईन पत्रिकामा समेटिने विषयबस्तु र तयारीका बिषयमा चर्चा गर्नु भएको थियो ।
पत्रिकाको प्रधान सम्पादकमा अनिता आचार्य, सम्पादक प्रसन्न ढुँगाना र कार्यकारी सम्पादकमा शँकर थापा रहेका छन ।
रिपोटर्स क्लब नेपालको अमेरिका शाखामा अमेरिकाका बिभिन्न राज्यमा रहेर सकृय पत्रकारिता गरिरहेका पत्रकारहरु आबद्ध रहेका छन ।
![](https://ghanteshwor.com/wp-content/uploads/2021/05/icon-150x150.png)