Prem

रिपब्लिकन पार्टीका उम्मेदवारहरुद्धारा अल्पसँख्यक समुदायको लागि काम गर्ने प्रतिबद्धता

घण्टेश्वर अनलाईन
टेक्सास अमेरिका
टेक्सास स्थित रिपब्लिकन पार्टीका स्थानीय उम्मेदवारहरुले आफुहरु बिजयी भएमा अल्पसँख्यक समुदायको पक्षमा काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।
दक्षिण एशियाली रिपब्लिकन क्लबद्धारा गत शुक्रबार आयोजना गरिएको एक कार्यक्रममा बोल्दै उम्मेदवारहरुले राम्रो अमेरिका बनाउने अभियानमा अल्पसँख्यक समुदायको पनि उत्तिकै योगदान रहेकाले उनिहरुलाई अमेरिकाको राजनीतिमा समेट्नु पर्ने बिचार ब्यक्त गरेका थिए ।
दक्षिण एशियाका बिभिन्न देशबाट अमेरिकामा बसोबास गर्दै आएका सामाजिक अभियन्ताहरु, नागरिक समाजको सहभागिता रहेको उक्त कार्यक्रममा टेक्सासको ट्यारेन्ट, डालस लगायत बिभिन्न काउन्टीबाट रिपब्लिकन पार्टीका उम्मेदवारहरुलाई स्वागत तथा परिचय गराईएको थियो ।
कार्यक्रममा रिपब्लिकन पार्टीका तर्फबाट  Sheriff  Bill Waybourn,  Joe Livinston for Texas House 92, Tom O’ Hare for County Judge, Phil King for  State  Senate,  Judge  Megan  Fahey  लगायतका उम्मेदवारहरुको सहभागिता रहेको थियो ।
आगामी नोभेम्बर महिनामा हुने निर्वाचनको साथै प्राथमिक चरणमा हुदै गरेको निर्वाचनलाई लक्षित गर्दै क्लबले उम्मेदवारहरुको लागि स्वागत तथा भेटघाट कार्यक्रमको आयोजना गरेको थियो । निर्बाचनको पूर्बसन्ध्यामा रिपब्लिकन पार्टीका उम्मेदवारहरु र अल्पसँख्यक मतदाताका वीचमा परिचय तथा अन्तरक्रिया गराउने उद्देश्यले भेटघाट तथा स्वागत कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष देबी डेभिड आचार्यले बताउनु भयो ।
कार्यक्रमको सन्चालन तथा उद्देश्य माथी प्रकाश क्लबका अध्यक्ष देबी डेभिड आचार्यले गर्नु भएको थियो । कार्यक्रम  Mavericks Bar & Grill  अर्लिङटनमा आयोजना गरिएको थियो  ।

 

Leave A Reply

Your email address will not be published.