लुम्बिनी सेवा समाज अमेरिकाद्वारा टेक्सासको युलेसमा शुभकामना आदान प्रदान कार्यक्रम

All time tax

घण्टेश्वर अनलाईन
टेक्सास अमेरिका
टेक्सासको युलेस सिटीमा बसोबास गर्दै आएका लुम्बिनीबासीहरुले आईतबार एकै स्थानमा जम्मा भएर भेटघाट तथा शुभकामना आदान प्रदान गरेका छन । लुम्बिनी सेवा समाज अमेरिकाले बिजया दशमी, शुभ दीपावली, नेपाल सम्वत ११४३ तथा छठ पर्वको अवसरमा टेक्सासको युलेसमा भेटघाट तथा शुभकामना आदान प्रदान गर्ने अबसर मिलाएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि आचार्य पंडित छबिलाल पाण्डेद्वारा स–साना बालिका हरूलाई टिका, कार्यक्रम संयोजक राधिका खरालद्वारा जमरा तथा अध्यक्ष जगदिश प्रसाद न्यौपानेद्वारा दक्षिणा प्रदान गरी संयुक्तरूपमा कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको थियो ।
लुम्बिनी सेवा समाज अमेरिकाका अध्यक्ष जगदिसप्रसाद न्यौपानेको अध्यक्षता र सचिव शिव प्रसाद गैरेको सन्चालनमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि प्राचार्य पंडित छबिलाल पाण्डेले प्रवासमा मनाईने नेपाली चाडपर्ब तथा सँस्कृतिले नेपालसँगको सम्बन्धलाई जोगाई राख्न महत्वपूर्ण भूमिका खेल्ने बिचार व्यक्त गर्नु भयो ।
उक्त कार्यक्रममा नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्ले, इन्द्रेणी साँस्कृतिक संघका अध्यक्ष नेत्र पाण्डे, समाजका आजीवन सदस्य तथा एभरेष्ट फेडरल क्रेडिट युनियन का अध्यक्ष मोहन ज्ञवाली, डा. मिलन पौडेल, डा. युवराज अर्याल, Southern Methodist University (SMU) का Dean Dr Robin Suzanne poston लगायतका बक्ताहरुले प्रवासमा नेपाली समुदाय वीचको एकता र नेपाली सँस्कृतिको महत्वको वारेमा बोल्नु भएको थियो ।
कार्यक्रम सँयोजक राधिका खरालले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको उक्त कार्यक्रममा नेपाली पन्चे बाजाको प्रस्तुती, बिभिन्न कलाकारहद्वारा गित तथा नृत्य प्रस्तुत गरिएको समाजले जनाएको छ । यसैगरि उक्त कार्यक्रममा एभरेष्ट फेडरल क्रेडिट युनियन र लुम्बिनी सेवा समाज अमेरिका बिच आगामी दिनमा सहयोग आदान–प्रदान सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो ।

समाजले स्थापनाकाल देखि नेपाली भाषा साहित्य, कला संस्कृतिको सँरक्षण, सम्बद्र्धनका लागि बिभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.