दोश्रो ईन्ट्राकप भलिवल प्रतियोगितामा सुदूरपश्चिम टीम बिजयी

घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
अमेरिकाको ओहायो राज्यमा अक्टोवर १५ र १६ गते आयोजना गरिएको दोश्रो इन्ट्रा कप भलिबल प्रतियोगितामा सुदूरपश्चिम नेपाली समाज टेक्सासको टीम प्रथम भएको छ । अमेरिकाका बिभिन्न राज्यका २१ वटा पुरुष टीमको सहभागिता रहेको उक्त प्रतियोगितामा सुदूरपश्चिम नेपाली समाज टेक्सासको पुरुष भलिवल टीमले जित हासिल गरेको हो । दोश्रो इन्ट्रा कप भलिबल प्रतियोगिता इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन ओहायोले आयोजना गरेको थियो ।
अमेरिकी समयअनुसार, आइतबार साँझ बेलुकी सम्पन्न फाइनल खेलमा सुदुरपश्चिम नेपाली समाज टेक्सासको टीमले पेन्सिलभेनिया राज्यको टीम योङ्ग ब्लडलाई पराजित गरेको थियो । सुदूरपश्चिम टीमको नेतृत्व नेपालका चर्चित भलिवल खेलाडी तथा नेपालको राष्ट्रिय भलिबल टीमका क्याप्टेन भइसकेका कैलाश भट्टले गरेका थिए ।
सुदूरपश्चिम नेपाली समाज टेक्सासका महासचिब तथा भलिबल टीमका मेनेजर गोबिन्द शाहीका अनुसार प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने सुदुर पश्चिम टीमले ८ हजार ५०० अमेरिकी डलर पुरस्कार जित्जन सफल भएको छ भने दोस्रो स्थान प्राप्त गर्ने योङ्ग ब्लड टीमले ६ हजार ५०० डलर पुरस्कार जितेको छ ।
यसैगरी दोश्रो इन्ट्रा कप भलिबल प्रतियोगितामा महिलातर्फ बीवाईएससी, मिनिसोटाले फाइनलमा जित हात पारेको छ । प्रतियोगितामा विजयी टिमले ३ हजार ५०० अमेरिकी डलर पुरस्कार जितेको छ । यसैगरि दोस्रो हुने फ्रेन्डसिप क्लबले २ हजार ५०० र तेस्रो हुने सर्भाभर क्लबले १ हजार डलर पुरस्कार प्राप्त गरेका छन् । महिला भलिवल खेल तर्फ ८ वटा टीम सहभागी रहेको थियो ।
प्रतियोगितामा मोष्ट भ्यालुएबल प्लेयरको उपाधि सुदुर पश्चिमका कैलाश भट्टले नै जितेका थिए भने महिलातर्फ कोलम्बसकी भिमा मैनालीले जितेकी थिइन् ।
सो प्रतियोगितका विभिन्न खेलहरुबाट हरि राई , पुजन मगर, कैलाश भट्ट, दिनेशप्रताप सिंह, ध्रुव श्रेष्ठ, रोशन मल्ल, जीवन शाही विपीन, खुम, रविन गुरुंग म्यान आफ द म्याच घोषित भएका थिए भने वोमन अफ द म्याच हुनेहरुमा बन्दना अधिकारी, कोपिला बस्नेत र निकिता लामा शेर्पा थिए ।
विजयी टीमहरुलाई इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए । फाइनल खेल हुनुअघि इन्ट्रा फाउण्डेसनको डान्स कक्षाका साना साना बालिकाहरुले नृत्य प्रस्तुत गरेका थिए ।
खेल जितेसँगै सुदुर पश्चिमका खेलाडीहरुले खेल हलभित्र देउडा गीत घन्काएर खुशियाली मनाएका थिए । उक्त प्रतियोगितामा सुदूरपश्चिम नेपाली समाज टेक्सासका २ वटा टीम सहभागि भएका थिए । पछिल्लो समय सुदूरपश्चिम नेपाली समाज टेक्सासले अमेरिकामा बस्ने सुदूरपश्मिेलीहरुलाई नेपाल र सुन्दर सुदूरपश्चिमसँग जोड्नका लागि बिभिन्न चाडपर्बको आयोजना, सुदूरपश्चिमको मौलिक सँस्कृति झल्किने गरि बिभिन्न कार्यक्रम आयोजना गर्नुका साथै खेलाडी टीम निर्माण गरि बिभिन्न खेलकुद कार्यक्रममा सहभागि हुँदै आएको छ ।

Leave A Reply

Your email address will not be published.