एसोशियसन नेप्लिज ईन मिड व्यस्ट्रन अमेरिकाको अध्यक्षमा तिलक केसी चयन

घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
एसोशियसन नेप्लिज ईन मिड व्यस्ट्रन अमेरिका (एएनएमए) को अध्यक्षमा तिलक केसी चयन भएका छन् । लामो समयदेखि अमेरिकामा रहेर सफल सामाजिक र व्यवसायिक छवि बनाएका केसीलाई एएनएमएको नयाँ कार्यसमिती २०२२ ०२४ का लागि अध्यक्ष पदमा चयन गरिएको हो ।
सन् १९८२ मा स्थापना भएको अमेरिकाको अग्रणी संस्था एएनएमएले परिवर्तित समय अनुसार नयाँ शैलीमा रुपान्तरण सहित केसीलाई नेतृत्व प्रदान गरेको हो । यस बिषयमा अक्टोबर २२ तारिकका दिन भर्चुअल माध्यम जुम मार्फत सम्पन्न एएनएमए कन्भेन्सनमा संस्थालाई क्षेत्रिय दायराबाट अमेरिकाव्यापी बनाउने विस्तारित कार्यक्रमहरु बारे छलफल भएको   छ ।
एएनएमएलाई राष्ट्रिय स्तरको संस्थाका रुपमा स्थापित गराउने निर्णय सहित केसीलाई नेतृत्व प्रदान गरेको संस्थाले विधनगत पक्षमा पनि आवश्यक संशोधनको जिम्मेबारी पनि नयाँ कार्यसमितिलाई दिएको छ ।
अध्यक्ष डा. दिवाकर दाहालको अध्यक्षतामा सम्पन्न कन्भेन्सनमा पूर्व अध्यक्षहरु राजेन्द्र राठी, डा. गौरी अधिकारी, राजेन्द्र खतिवडा, बाला घिमिरे लगायतको संस्थागत धारणा सहित सम्पन्न कन्भेन्सनमा महासचिव डा. ओम दाहालद्वारा प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
एक महिना भित्रमा पद हस्तान्तरणको कार्यक्रम राखेको एएनएमएले केसी नेतृत्वबाट पृथक शैलीको संस्थागत विकासको अपेक्षा गरेको छ ।

Leave A Reply

Your email address will not be published.