टेक्सासको युलेसमा लुम्बिनीबासीको सामुहिक देउसी भैलो कार्यक्रम

घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
टेक्सासको युलेस सिटीमा बसोवास गर्दै आएका लुम्बिनीबासीहरुले सामुहिक रुपमा देउसी भैलो खेलेर दिपावली पर्ब मनाएका छन ।
लुम्बिनी सेवा समाज अमेरिकाको आयोजनामा युलेस स्थित स्थानीय वियरक्रिक पार्कमा भएको सामुहिक देउसी भैलो कार्यक्रममा लुम्बिनीबासीहरुले एकै ठाउँमा जम्मा भएर देउसी भैलो खेल्नुका साथै लुम्बिनी क्षेत्रको मौलिक गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
काममा व्यस्त हुने भएका कारण अमेरिकामा बसोवास गर्ने नेपाली समुदायहरुले बिभिन्न चाड पर्बहरु केही दिन अघि वा पछि सबैको पायक पर्ने दिनमा मनाउने गर्दछन ।
हामीले युलेस क्षेत्रमा बसोवास गर्ने लुम्बिनीबासीहरुको घरदैलोमा नै पुगेर अक्टोवर २३ मा देउसी भैलो खेल्यौं । समय ब्यवस्थापनका कारण सबैको घरदैलोमा पुगेर देउसी भैलो खेल्न सम्भव नभएका कारण सबैको सल्लाहमा सामुहिक रुपमा देउसी भैलो कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष जगदिस न्यौपानेले बताउनु भयो ।
अध्यक्ष न्यौपानेका अनुसार अमेरिकाको व्यस्त जीवनशैलीका कारण प्रवासमा एक्लोपना महसुस नहोस भनेर मातृभूमिमै रहेको अनुभूति हुने गरि समाजले बेलाबेलामा बिभिन्न चाडपर्बहरु मनाउदै आएको छ ।
सामुहिक देउसी भैलो कार्यक्रममा लुम्बिनीबासीहरुको उत्साहजनक सहभागिता रहेको समाजले जनाएको छ । कार्यक्रममा सहभागिहरुले सामुहिक देउसी भैलो कार्यक्रमले रमाईलो हुनुका साथै आफुहरुलाई नेपालमा आफ्नै गाउँबस्तीको सम्झना गराएको प्रतिकृया दिएका थिए ।
समाजका अध्यक्ष जगदिसप्रसाद न्यौपानेको अध्यक्षता तथा सचिब शिबप्रसाद गैह्रेको सन्चालनमा सम्पन्न उक्त कार्यक्रममा सामुहिक देउसी भैलो कार्यक्रममा बिभिन्न कला प्रस्तुत गर्ने १७ जना कलाकारहरुलाई पुरुस्कार तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा समाजका कोषाध्यक्ष टंक अधिकारी, आजीवन सदस्य तथा एभरेष्ट फेडरल क्रेडिट युनियन का अध्यक्ष मोहन ज्ञवाली, नेपाली समाज टेक्सासका उपाध्यक्ष जनक भण्डारी लगायतका बक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।टेक्सासको युलेस सिटीमा लुम्बिनीबासी तथा नेपाली समुदायको बाक्लो वसोवास रहेको छ ।

   

Leave A Reply

Your email address will not be published.