लुम्बिनीबासीद्वारा युलेस स्थित जे ए कार पार्क सरसफाई

घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
टेक्सासको ड्यालस क्षेत्रमा बसोवास गर्ने लुम्बिनीबासीहरुले युलेस स्थित जे ए कार पार्क परिसर सरसफाई गरेका छन ।
लुम्बिनीबासीले स्थापना गरेको लुम्बिनी सेवा समाजको आयोजनामा नोभेम्बर १३ आईतबारका दिन पार्क सरसफाई गरिएको समाजका अध्यक्ष जगदिसप्रसाद न्यौपानेले जानकारी दिनु भयो ।
पार्क सार्बजनिक स्थल भएकाले सरसफाईयुक्त राख्न सहयोग गर्ने उद्देश्यले सरसफाई कार्यक्रमको आयोजना गरिएको समाजले जनाएको छ । समाजले यसअघि १९ मार्च २०२२ मा पनि पार्क सरसफाई कार्यक्रमको आयोजना गरेको थियो ।
पार्क सरसफाई कार्यक्रमको लागि समाजका आजिवन सदस्य तथा एभरेष्ट फेडरल क्रेडिट युनियनका अध्यक्ष मोहन ज्ञवालीले सहभागिहरुलाई नि:शुल्क पानी तथा ग्लव्स बितरण गर्नु भएको अध्यक्ष न्यौपानेले बताउनु भयो ।
उक्त कार्यक्रममा हालै निर्बाचित Texas House of Representative Mr Salman Bhojani, युलेस सिटी काउन्सिल सदस्य टिका पौडेल, गैर आवासीय नेपाली संघ अमेरिकाका निवर्तमान वरिष्ठ उपाध्यक्ष डा. अर्जुन बन्जाडे , नेपाली समाज टेक्सास का अध्यक्ष राजेन्द्र वाग्ले, NST Civic Engagement Task Force का संयोजक जनक भण्डारी, डा.मिलन पौडेल, डा.युवराज अर्याल, मधेसी अमेरिका समाजका महासचिव मुकेश यादव, नेपाली समाज टेक्सासका पूर्व अध्यक्ष राम पोख्रेल, समाजका पदाधिकारी सदस्यहरु, सामाजिक अभियन्ताहरुको उल्लेख्य सहभागिता रहेको समाजले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.