घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
टेक्सासको ड्यालस फोर्टवर्थ क्षेत्रमा बसोवास गर्ने सुदूरपश्चिमेलीहरुले आज पिकनिक तथा भेटघाट कार्यक्रमको आयोजना गरि अँग्रेजी नयाँ बर्ष २०२३ को स्वागत गरेका छन ।
ड्यालस फोर्टवर्थको युलेश सार्बजनिक पार्कमा सुदूरपश्मिेलीहरु जम्मा भेटघाट तथा पिकनिकका साथै शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको कैलाशदत्त भट्टले बताउनु भयो ।
उक्त कार्यक्रममा सुदूरपश्चिमका बिभिन्न जिल्लाबाट आई टेक्सासको ड्यालस फोर्टवर्थ क्षेत्रमा बसोवास गर्ने सुदूरपश्चिमेलीहरुको सहभागिता रहेको थियो ।